अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

स्याङजामा दुई लाख १० हजार ३८ जना मतदाताले मतदान गर्ने

वालिङ, ३१ अशोज । 
आगामी मंसिर २१ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि स्याङ्जामा दुई लाख १० हजार ३८ जना मतदाताले मतदान गर्ने भएका छन् । २ संघ र ४ प्रदेश रहेको स्याङ्जामा ९९ हजार ७ सय ९४ पुरुष र एक लाख १० हजार २ सय ४३ महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।
 
मतदाता बैशाख ३१ को स्थानीय तह निर्वाचनको भन्दा १८ हजार ७ सय ८२ ले बढी हो भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनभन्दा ४७ हजार १ सय ५९ मतदाताले बढी हो ।
 
यहाँ स्थानीय तह निर्वाचनमा एक लाख ९१ ह्जार दुई सय ५६ र दोस्रो संविधानसभा निर्वाचनमा १ लाख ६२ हजार ८ सय ७९ मतदाता रहेका थिए ।  क्षेत्र नं १ मा एक लाख ८ हजार ६ सय ८९ र क्षेत्र नं २ मा एक लाख १ हजार ३ सय ४९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासिनीले बताउनुभयो ।
 
उहाँले क्षेत्र नं १ कमा ५३ हजार ३ सय ४८, खमा ५५ हजार ३ सय ४१ मतदाता रहेको बताउनुभयो । क्षेत्र नं २ को कमा ४७ हजार २ सय ४ र खमा ५४ हजार १ सय ४५ मतदान रहेको बताउनुभयो । ११ स्थानीय तह रहेको स्याङ्जामा निर्वाचनका लागि एक सय ९९ स्थानमा २ सय ८० मतदान केन्द्र तय गरिएको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...