अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

हाते ट्रयाक्टरसम्बन्धी तालिम

वालिङ, ३१ अशोज । 
वालिङ १ त्रियाशीमा २ दिने कृषिमा आधुनिकीकरण, व्यवसायीकरण एवं यान्त्रिकीकरण सम्बन्धी सिपमुलक तालिम सोमबार सम्पन्न भएको छ । त्रियाशी कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन, जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको समन्वय र विटिएल ट्रेड धोविघाट ललितपुरको प्राविधिक सहयोगमा सिपमुलक तालिम दिईएको हो ।
 
वालिङ नगरपालिका क्षेत्रका ६० जना कृषकहरुको सहभागिता रहेको तालिममा विटिएलका कृषि विशेषज्ञ निलकण्ठ शर्मा र सहयोगी बद्री थापाले हाते ट्रयाक्टर, मिनी टिलरको सञ्चालन कसरी गर्ने, सुरक्षित तरिकाले प्रयोग कसरी गर्ने, घरमै सहज तरिकाले मर्मत संभार कसरी गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।
 
ललितपुरको प्राविधिक सहयोगमा मल्याङकोट र त्रियाशीमा गरी करिव ९० जना कृषकहरुलाई तालिम दिईएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा गोरुपालनमा कृषकको आकर्षण कम हुनु, हलीगोरु महङ्गो हुनु जस्ता कारणले हाते ट्रयाक्टरप्रति किसानको आर्कषण बढ्दो छ ।
 
कृषि विकास कार्यालयको अनुदान तथा विभिन्न कृषिसँग सम्बन्धित संघ संस्थाहरुको अनुदानमा जल्लामा मात्रै करिव ४ सय हाते ट्रयाक्टरहरु रहेका छन् । एक घण्टामा एक जना मानिसले १ लिटर इन्धनको प्रयोगबाट १ रोपनी खनजोत गर्न सक्ने भएकाले पनि किसानहरुको आकर्षण यसप्रति बढी भएको कृषि विशेषज्ञ शर्माले बताउनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...