अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

नगर सरसफाई गरियो

वालिङ, ३१ अशोज । 
पुतलीबजार नगरपालिका सरसफाई अन्तर्गत पुतलीबजार नगरपालिकामा सोमबार बिहान सरसफाई गरिएको छ । सरसफाई अभियानलाई सुरु गर्दै जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले आफूलगायत आफ्ना वडा, टोल, शहर बजार क्षेत्र सबैको सरसफाई गर्नुपर्ने बताउँदै सरसफाईबाट स्वस्थ जीवन जीउन सकिने बताउनुभयो ।
पुतलीबजार नगरपालिकाको कार्यालय प्रगतिनगरदेखि सुरु गरिएको सामूहिक सरसफाईले गोदगोदे, बाडखोला, सहिदचोक, हुलाक रोडमा सरसफाई गरिएको छ  । 
सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेश आचार्य, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, नगरपालिका प्रमुख सीमा क्षेत्री, उपप्रमुख महेश पुरी, प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट, प्रहरी जवानहरु, टोलविकास संस्थाका पदाधिकारी, पत्रकार लगायत नागरिक समाजको सहभागिता रहेको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...