अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

शुभकामना आदान प्रदान

वालिङ, ३१ अशोज । 
नेपाली कांँग्रेस पुतलीबजार नगरपालिका २ ले सोमबार कार्यकर्ता भेला तथा दिपावली नेपाल सम्बत तथा छठको शुभकामना आदान प्रदान गरेको छ । कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि युवराज पराजुलीले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांँग्रेसको पक्षमा बहुमत दिलाएर लोकतन्त्रलाई बलियो र सक्षम बनाउन आग्रह गर्नुभयो ।
 
कार्यक्रममा क्षेत्रीय प्रतिनिधि बालकुमार गुरुङ, नेपाल किसान संघका वडा सभापति गीरबहादुर पौडेल, पूर्व वडाध्यक्ष सुवेदार हुमबहादुर पौडेल, महिला नेतृ चनमाया गुरुङ, स्थानीय समाजसेवी मोहन गुरुङ, धनबहादुर कुवर, कृष्ण पराजुली, सन्तबहादुर गुरुङ, सुवेदार भक्तबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
 
वडा अध्यक्ष चेतबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव थमनारायण पाध्याले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...