अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

एमालेको क्षेत्रीय अगुवा कार्यकर्ता भेला वालिङमा सम्पन्न

वालिङ १, कार्तिक ।
नेकपा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ क्षेत्रीय अगुवा कार्यकर्ता भेला मंगलबार वालिङमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै एमाले पोलिटव्युरो सदस्य गणेश तिमिल्सिनाले राष्ट्रिय समृद्धिको लागि आसन्न दुवै तहको निर्वाचनमा एमालेलाई दुई तिहाई मत ल्याउनुको विकल्प नभएको दावी गर्नुभयो । 
 
संविधानको पानामा लेखिएका सम्पूर्ण नेपाली जनताको हकअधिकार सुनिश्चित गर्न संविधान कार्यान्वयन आवश्यक भएको भन्दै यसको लागि एमालेको बहुमत सरकार हुनुपर्ने बताउनुभयो । साथै उहाँले जिल्लामा स्थानीय तहका परिणाम, सर्वसम्मति उम्मेदवार सिफारिस जस्ता आधारले पनि एमालेको जितको संकेत देखिएको बताउँदै सम्पूर्ण कार्यकर्तालाई एकजुट हुन निर्देशन दिनुभयो । 
 
कार्यकर्ताहरुलाई विपक्षीहरुले भ्रम सिर्जना गर्न सक्ने भन्दै यसमा सचेत भएर जनता माझमा जान आग्रह समेत गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार तथा एमाले केन्द्रीय सदस्य पद्मा अर्याल, जिल्ला अध्यक्ष मिनप्रसाद गुरुङ, अनुशासन आयोगका केन्द्रीय सदस्य चक्रबहादुर पराजुली, निर्वाचन कमिटी प्रदेश नं. ४ अध्यक्ष पुण्य भुसाल, युवा तथा खेलकुद विभागका सदस्य मोहन रेग्मी, भौतिक यातायात विभाग सदस्य महाप्रसाद सुवेदी, प्रदेश सल्लाहकार सदस्य रामबहादुर थापा, जिल्ला सचिवालय सदस्य खड्कबहादुर रानाभाटलगायतले जिल्लामा एमालेको जित सुनिश्चित गर्न सबै एकतावद्ध हुनुपर्ने बताउनुभयो । 
 
जिल्ला उपाध्यक्ष उदय श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व क्षेत्रीय अध्यक्ष कृष्ण खांँण र स्वागत चापाकोट नगर कमिटी अध्यक्ष सरस्वति भट्टराईले गर्नुभएको थियो ।   
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...