अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

बृद्धाश्रमका बृद्धबृद्धालाई एक वर्षका लागि खाद्यान्न सामग्री वितरण

वालिङ १, कार्तिक ।
केलादीधाम चापाकोट नगरपालिका ८ साँखर स्याङ्गजाको बृद्धाश्रममा बसोबास गर्दै आइरहेका बृद्धबृद्धालाई एक वर्षका लागि खाद्यान्न सामग्री वितरण गरिएको छ । 
 
नेपाल नेम्वार्क पिठको केन्द्रिय कार्यालय रहेको केलादीधाम साँखरमा बसोबास गर्दै आइरहेका ३५ जना बृद्धबृद्धालाई पतन्जली आयुर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डाक्टर पवमान सुवेदीको आर्थिक सहयोगमा रामपुर पतन्जली योग समिति पाल्पाका सदस्यमार्फत एक वर्षका लागि खाद्यान्न सामग्री वितरण गरिएको छ । 
 
रामपुर पतन्जली योग समितिका प्रधान संरक्षक दामोदर भण्डारीको पहलमा खाद्यान्न सामग्री वितरण गरिएको हो । बृद्धबृद्धा समाजका पाहुना भएकाले उनीहरुलाई बाँचुन्जेलसम्म सम्मानजनक व्यवहार गर्न र बृद्धबृद्धाको जीवन खुशी र सुखी बनाउन पतन्जली आयुर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डाक्टर पवमान सुवेदीले एक वर्ष सम्मका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री वितरण गर्नुभएको हो । 
 
राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधामका उपाध्यक्ष केशवराज पोखरेलको अध्यक्षतामा रामपुर पतन्जली योग समितिले बृद्धाश्रममै पुगेर एक कार्यक्रमकाबीच बृद्धबृद्धालाई सामग्री वितरण गरेको छ । 
 
समितिका सचिव लेखनाथ बस्ताकोटीको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि योग हल निर्माणकर्ता कमलप्रसाद आचार्य, समितिका सदस्य ज्ञानेश्वर बस्ताकोटी र रामपुर पतन्जली योग समितिका अध्यक्ष ओमप्रकाश रेग्मीले घरपरिवार, आफन्त छाडेर बृद्धाश्रममा बसोबास गर्दै आउनुभएका बृद्धबृद्धालाई बाकी जीवन खुशीयालीपूर्वक व्यतित गर्न हौसला प्रदान गर्दै खाद्यान्न सामग्री वितरण गरिएको बताउनुभएको छ । 
 
कार्यक्रमको सञ्चालन बृद्धाश्रमका सचिव घनश्याम बस्ताकोटीले गर्नुभएको थियो । बृद्धाश्रममै आएर खाद्यान्न सामग्री वितरण गरेपछि बृद्धबृद्धा निकै खुशी भएका छन् । बृद्धाश्रममा बृद्धबृद्धाका लागि बसोबासको व्यवस्था रहेपनि खानको लागि व्यवस्था आफैले गर्नुपर्नेछ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...