अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

जगतभञ्ज्याङ पूर्ण खोपयुक्त घोषणा

वालिङ १, कार्तिक ।
वालिङ नगरपालिका वडा नं. ५ जगतभञ्ज्याङ स्याङ्जालाई पूर्ण खोपयुक्त वडा घोषण गरिएको छ । स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ मंगलबार एक कार्यक्रमकाबीच वडालाई पूर्ण युक्त वडा घोषणा गरिएको हो । 
 
वालिङ ५ का वडा अध्यक्ष ढाकाराम पंगेनीको अध्यक्षता भएको कार्यक्रममा नेपाली कांँग्रेसका महाधिवेशन प्रतिनिधि एवं वालिङ नगरपालिका सल्लाहकार सदस्य लक्ष्मीकान्त रेग्मी प्रमुख अतिथि रहनुभएको थियो । वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गर्दै उहाँले स्वास्थ्य मानिसको धन भएको बताउँदै बच्चाहरुलाई समयमा पूरा खोप दिएमा बालक रोगमुक्त हुने बताउनुभयो । 
 
कार्यक्रममा नेपाली कांँग्रेसका वडा नं. ५ का वडा अध्यक्ष नरप्रसाद रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष टेकबहादुर गुरुङ, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपालधन सुवेदी, जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जाका अधिकृत अमृतकुमार श्रेष्ठ, वालिङ नगर कार्यकार्यपालिका सदस्य जमुना खड्का, स्वास्थ्य स्वयंसेविका टीकादेवि रेग्मीले आफ्नो भनाई राख्नुभएको थियो । 
 
कार्यक्रममा सहभागीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालयका स्याङ्जाका सहायक उपप्रमुख यामप्रसाद शर्माले धन्यवाद दिनुभएको थियो । वडा नं. ५ जगतभञ्ज्याङ स्वास्थ्य चौकीका इन्चार्ज इन्द्रप्रसाद भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक छवि आलेले गर्नुभएको थियो ।  
 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...