अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

भिरकोटमा १० दिने तालिम कुसन गमला बनाउने तालिम सकियो

वालिङ १, कार्तिक ।
भीरकोट नगरपालिका १ जगतपुरमा महिलाहरुको लागि कुशन तथा गमला बनाउने १० दिने तालिम मंगलबार सम्पन्न भएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा तालिम दिईएको हो । तालिमको समापन गर्दै नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज ढुङ्गानाले महिलाहरुले यस्ता तालिमलाई सही रुपमा सदुपयोग गरेको खण्डमा आर्थिक तवरले आत्मनिर्भर हुन सक्ने बताउनुभयो । 
 
कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र केसी, समाजसेवी ढालविक्रम खांँण, सामाजिक परिचालक विमला रेग्मी श्रेष्ठ, जनजागरण युवाक्बलका अध्यक्ष प्रविणविक्रम खांँण, ओमशिवजी आमा समूहकी अध्यक्ष डालकुमारी खांँण, भञ्ज्याङ टोलका अध्यक्ष ईन्द्रबहादुर केसीलगायतले बोल्नुभएको थियो । 
 
२० जना महिलाहरुको सहभागिता रहेको तालिममा सुनिता केसीले सहजीकरण गर्नुभएको थियो । तामिल संयोजक राधादेवि केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दलित महिला सदस्य सवितासिंह विकले गर्नुभएको थिया

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...