अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

भुकम्प पिडीत राहत वितरण एवं बिदाइ पुतलीबजारमा सम्पन्न

वालिङ १, कार्तिक ।
पुतलिबजार नगरपालिका १३ मा रहेको शिशुरञ्जन आधारणभुत बिद्यालयमा पोशाक बितरण, भुकम्प पिडीत राहत एवं बिदाई कार्यक्रम गरिएको छ ।
कार्यक्रमा बिद्यालयमा अध्यनरत ३० जना बिद्यार्थीलाई पोशाक बितरण गरिएको हो
। त्यस्तै गायिका सकुन्तला थापा, प्रेमकृष्ण भारती, प्रमोद गिरी र कृष्णराम
गिरीले भुकम्प पिडीत ११ परिवारलाई नगद प्रदान गर्नुभएको हो । 
कार्यक्रममा निबर्तमान सांसद डा गणेशमान गुरुङ्ले समाजिक क्षेत्रमा सहयोग गर्न सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । त्यस्तै वडा अध्यक्ष ख्याम नारायण
अधिकारी, समाजसेवी धुब अधिकारी, सकुन्तला थापा, प्रेमकृष्ण भारती, प्रमोद
गिरी, लिलबहादुर थापा, बृद्धि परियार, कृष्ण अधिकारी लगायतले मन्तब्य राख्नु
भएको थियो । 
कार्यक्रममा बिद्यालय प्राधानाध्यापक तारक बहादुर थापाको बिदाई
गरिएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...