अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

देवकोटाको १०८ औ जन्मजयन्ती स्याङजामा पनि मनाईयो ।

news

वालिङ ३ कार्तिक ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईएको छ । वि.स १९६६ साल कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा महाकवि देवकोटाको जन्म भएको थियो । देवकोटाका महाकाब्य, खण्डकाब्य, निवन्ध, कथा, नाटक, उपन्यास,गीत, फुटकर कविता प्रकाशित छन् । 
यसैबीच यता लक्ष्मीजयन्तीको अवशरमा वालिङमा अन्र्तक्रिया, वालिङ बहस र खुल्ला कविता प्रतियोगिता गरिएको छ । वालिङ बहस नाम दिएर वालिङका युवाहरुको सक्रियतामा विभिन्न शिर्षकमा हरेक महिना यस्तो कार्यक्रम हुने गरेको छ । 
उपन्यासकार सुविन भट्टराईसंग रहेर किन पढ्ने र किन लेख्ने विषयमा अन्र्तक्रिया गरिएको थियो । अन्र्तक्रियामा भट्टराईले लेखन पद्धति एक किसिमको थेरापी भएको भन्दै कहिल्यै अन्त्य नुहँने बताउनुभयो । साथै उहाँले आफ्नै जिवनका घटनाहरु, विपि, बालकृष्णजस्ता स्रष्टाहरुको कृतिबाट आफ्नो लेखन प्रवृत्तिको विकास भएको  समेत बताउनुभयो । 
भट्टाराईकासमरलभ, साया, मनसुन उपन्यासहरु कथाकी पात्र कथासंग्रह निकै चर्चित लेखहरु ह्ुन् । अन्र्तक्रियामा हिमाल खबर पत्रिका र नेपाली टाईम्सका स्तम्बकार दिनकर नेपालले भट्टराईका चर्चित लेखहरुबाट धेरै पाठकहरुमा लेखनप्रवृत्तिमा उत्प्रेरणा मिलेको बताउनुभयो । अन्र्तक्रियाको सहजीकरण सञ्चारकर्मी टिकराज गुरुङले गर्नुभएको थियो ।
त्यस्तै वालिङमा पुस्तकालयको आवश्यकता विषयमा बहस गरिएको छ । कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले पुस्तक ज्ञानको भण्डार भएको भन्दै पुस्तक अध्ययन गर्ने बानीका विकास हामी जोकोहिले ग¥यौँ भने हामीमा अनावश्यक नकरात्मक सोँच नआउने बताउँदै पुस्तक अध्ययनले जिवन सकरात्मक बनाउने बताउनुभयो । 
साथै उहाँले वालिङ स्र्माट सिटीको रुपमा अगाडि बढीरहेको भन्दै यहाँ सडक, लघु उद्यम, शिक्षा, स्वास्थ्य तथा उच्च प्रविधिको प्रयोग गर्दै अवको ५ वर्षमा कम्तीमा स्र्माट सिटीका ६० प्रतिशत काम सम्पन्न गर्ने बताउँदै योजना अनुसार आफ्नो टिम लागीपरेको समेत बताउनुभयो । कार्यक्रममा समाजसेवी जलेश्वर पाण्डे, गोपाल कडेल, सिताराम अधिकारीलगायतले पुस्तकालयको आवश्यकताका बारेमा चर्चा गर्नुभयो । 
त्यस्तै खुल्ला कविता वाचन प्रतियोगिता सम्पन्न भएको प्रतियोगितामा मावितर्फ भगवती मावि मिर्मीका गौरव पाण्डे प्रथम, भुपूसैनिक माविका सिता सुवेदी द्धितिय, सगरमाथा माविका अभिषेक रेग्मी तृतिय र सगरमाथाकै करुणा भट्टराई सान्त्वना भएका छन् भने क्याम्पसतहतर्फ नेपाल आर्दशका सुर्दशन पौडेल प्रथम, आर्दशकै सम्झना कोईराला द्धितिय, आदशकै निर्मल खत्री तृतिय र वालिङ क्याम्पसका नेहा गैह्रे सान्त्वना भएका छन् । 
विजेता तथा उपविजेताहरुले क्रमश ५ हजार, ३ हजार, १ हजार र ५ सय नगद प्राप्त गरेका छन् । कार्यक्रममा अष्टे«लियामा रहनुभएका कार्यक्रम प्रायोजक मित्र काफ्लेकी माता देवकुमारी काफ्लेलाई सम्मान गरिएको थियो । 
१६ जना प्रतियोगितीहरुको  सहभागिता रहेको प्रतियोगितामा तुल्सी प्रभास र डा. जगनाथ रेग्मीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको संचालन युवा शंकर सुवेदीले गर्नुभएको थियो ।
उता स्याङजामा लक्ष्मी स्मृति पुस्तकालयले लक्ष्मी पुजा कार्यक्रम एवं महाकवीका कृतिका बारेमा अन्र्त्क्रिया गरेको छ । अन्र्त्क्रियामा बोल्दै पुस्तकालयका उपाध्यक्ष मोतीप्रसाद पौडेल, कोषाध्यक्ष संघ ताम्राकार, सदस्यहरु शेरजंग अधिकारी, पृथ्वीप्रसाद पोखरेल, चन्द्रमणी पौडेल ख, धुव्रबन्धु पौडेल, मनोज मल्ल, पंण्डित देवनयन लामिछाने, कार्यक्रम प्रशारण प्रमुख बिक्रम परियार, प्रशारक सुनिता क्षेत्री लगायतले कृतिका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो .
 पुस्तकालयका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्टेशन प्रवन्धक रमेश गोदारले संचालन गनर्’भएको थियो ।
 यर्सैबीच नेपाल सम्वत ११३८ को स्वागत गर्दै नेवा दे दवु जिल्ला कार्य समिति स्याङ्जाले बिबिध कार्यक्रम गरेको छ । पुतलीबजार नगरपालिका प्रगतीनगरमा आयोजित कार्यक्रमको उदघाटन गर्दै नेवा दे दवुका केन्द्रीय सदस्य देवेन्द्रकुमार श्रेष्ठले नेपाल सम्बत सबै नेपालीहरुको पर्व भएको बताउदै नेपाल सम्बतको महत्वका बारेमा जानकारी गराउनुभएको थियो . 
कार्यक्रममा पुर्व अध्यक्ष महेन्द्रमान ब्यथित, अनन्तकुमार श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गनर्’भएको थियो . नेवा दे दवु जिल्ला कार्य समिति स्याङ्जाका अध्यक्ष गोबरधन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृतप्रसाद श्रेष्ठले स्वागत एवं सहसचिव बिष्णु श्रेष्ठले संचालन गर्नुभएको थियो . 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...