अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

भिरकोटमा शुभकामना आदानप्रदान

news

वालिङ ३ कार्तिक ।
भिरकोट नगरपालिका ८ मा  रहेको कर्मशील युवाक्लबले आउँदै गरेको तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य पद्मा अर्यालले समाज विकासमा सम्पुर्ण नागरिक एकतावद्ध भएर अगाडि बढ्नपर्ने बताउनुभयो । साथै उहाँले युवाहरु देश परिवर्तनका संवाहक भएकाले युवाहरु नयाँ सृजनशील जोशका साथ समृद्ध समाज तथा देश निर्माणमा लाग्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा एमालेका जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, किसान महासंघका केन्द्रिय सदस्य सन्तोष केसी, जिल्ला सल्लाहकार सदस्य हर्कबहादुर गुरुङ, युवाहरु नवराज भुसाल, कमल रिजाल, दिलबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । क्लबका कोषाध्यक्ष रामचन्द्र खत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अविरल केसीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...