अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

स्याङजाको स्वरेकमा हुने अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिताको तयारी तिव्र

news

वालिङ, ६ कार्तिक 
यही कात्तिक १५ देखि २० गते सम्म भीरकोट नगरपालिका ५ स्वरेकमा आयोजना गरिएको अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिताको तयारीलाई तीब्र पारिएको छ । बाबु एडभेन्चर क्लवले आयोजना गरेको प्रतियोगितामा हालसम्म भए गरेका कामकाबारेमा जिल्ला समन्वय समितिको सभाहलमा छलफल भएको हो । 
 
स्थानीय तहका पदाधिकारी र सरोकारवालबीच आर्थिक सहयोग संकलन, सरसफाई, प्रचार प्रसार लगायत विविध पक्षमा छलफल भएको थियो । छलफलमा जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दासले यस्ता प्रतियोगिताले स्याङ्जाको मात्र नभई राष्ट्रकै पहिचान गराउने हुँदा समग्र जिल्लाबासी एकजुट भई प्रतियोगितालाई सफल बनाउन आग्रह गर्नुभयो । 
कार्यक्रममा समन्वय समितिका उपप्रमुख दिलीपकुमार बगाले, पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमकुमार थापा, भीरकोट नगरपालिका उपप्रमुख सीमा कर्माचार्य, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष नवराज सुवेदी, वालिङ उद्योग वाणिज्य संघका कार्यालय प्रमुख बाबुराम रेग्मी लगायतले स्थानीय तह र नीजि क्षेत्रबाट आर्थिक सहयोग गर्ने वचनबद्धता ब्यक्त गर्नुभएको थियो । 
 
जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ, बाबु एडभेन्चर क्लवका अध्यक्ष कृष्णजंग केसी, पर्यटन ब्यवसायी गुमानसिंह राना, जिल्ला समन्वय समितिका अधिकृत यामप्रसाद रेग्मीले प्रतियोगिता र स्थलकाबारेमा हालसम्म भए गरेका कामकाबारेमा जानकारी गराउनुभएको थियो । 
 
प्रतियोगितामा चापाकोट, गहांैसुर, सिर्सेकोट, मिर्मी, हुनिकोट, सतौ, खिलुङ, सिरुवारीलाई समेट्ने लक्ष्य लिएर आयोजना गरिएको हो । प्याराग्लाईडिङ प्रतियागितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विटजरल्याड, बंगलादेश लगायतका २५ देशको ३ सय खेलाडीको सहभागिता रहने छ । 
 
६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ८५ लाख खर्च हुने अनुमान आयोजक बाबु एडभेन्चर क्लबले गरेको छ । प्रतियोगिताबाट सन् २०१८ मा इन्डोनेसियामा हुन् एशियाली हवाई खेलकुदको लागि ४ महिला र ८ पुरुष छनौट गरिने छ ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...