अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

दिपावली र छठको अवशरमा शुभकामना आदानप्रदान

वालिङ, ६ कार्तिक 
प्रवासी नेपाली मञ्च अमेरिकाका उपाध्यक्ष गोपाल कडेलले तिहार र छठको अवसरमा आईतबार वालिङमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्नुभएको छ । 
 
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेद्वार पद्मा अर्यालले राष्ट्रमा अमुल परिवर्तन ल्याउनको निमित्त बाम गठबन्धन भएको भन्दै बाम गठबन्धनको विजयीको विकल्प नभएको उल्लेख गर्नुभयो । 
 
साथै उहाँले गठबन्धनलाई बलियो बनाउन एमाले पूर्णरुपमा लागिपरेको भन्दै देशका नागरिकको अमनचयनलाई सुनिश्चित गर्न संघ र प्रदेश निर्वाचन सफल रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । 
 
कार्यक्रममा नेकपा एमालेका अनुशासन आयोगका केन्द्रीय सदस्य चक्रबहादुर पराजुली, प्रदेशसभा उम्मेद्वार मोहन रेग्मी, जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, शिक्षक संगठनका जिल्ला अध्यक्ष यामबहादुर कुँवर, माओवादी केन्द्रका कल्पना अर्याल, प्रकाश न्यौपाने, नित्यानन्द तिवारी, जिल्ला सदस्य नासिर खांँ, पुण्य अर्याल, काठमाडौ स्याङ्जा सम्पर्क मञ्चका अध्यक्ष ऋषिराम कडेँललगायतले बाम गठबन्धनको एकतालाई थप सुदृढ बनाउने प्रतिवद्धता जनाउनुभएको थियो । 
 
मञ्चका उपाध्यक्ष कडेँलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन यमकान्त खनालले गर्नुभएको थियो । यसैबीच आगामी संघ र प्रदेशको निर्वाचनलागि नेकपा एमाले स्याङ्जा क्षेत्र नं. २ ले आईतबार वालिङमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 
 
भेलाले यमबहादुर कुँवरको संयोजकत्वमा गठन गरेको कमिटीको प्रचार प्रसार संयोजकमा शोभाकान्त पौडेल, आर्थिक परिचालनमा अनन्तराज गैह्रे, प्रचार प्रसार सामग्री ब्यवस्थापनमा गोपाल पौडेल, महिला परिचालनमा खगिसरा थापालाई चयन गरिएको छ । भेला यामबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियोभने सञ्चालन शोभाकान्त पौडेलले गर्नुभएको थियो ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...