अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

पिपलटारीमा व्यवसायीक फुल खेति, तिहारको अवधिमा मात्रै ३ लाख आम्दानी

news

वालिङ, ७ कार्तिक ।
स्याङजाको वालिङ ९ पिपलटारीमा वर्षभरी सयपत्रीका फुलफुलेका हुन्छन् । ८ रोपनीमा फैलिएको सयपत्रि फुलको दृष्यले जोकोही पनि मनमोहक हुन्छन् । तिहारको समय होस वा अन्य मेला महोत्सव, सेमिनार, गोष्ठी, विवाह, पास्नी, ब्रतबन्धलगायत विभिन्न औपचारीक कार्यक्रममा सयपत्रिका फुलका मालाहरु नै प्रयोगमा आउँछन् । वालिङ ९ का २९ वर्षीय आतिष गैह्रे सिएका विद्यार्थी हुनुहुन्छ । 
गत वर्ष गैह्रेज फ्लोरा नामक फर्म दर्ता गरी गतवर्षबाटै १ रोपनी जग्गामा परीक्षणाकलागि फुल खेति गरिएको थियो । तर जिल्लामा फुलको खपत र अन्य ठुला शहरबाट माग बढेपछि अहिले थप गरी कुल ८ रोपनी क्षेत्रफलमा फुलखेति गरिएको छ । गैह्रेसंगै २६ वर्षीय प्रकाश डुम्रेको पनि यसमा लगानी रहेको छ ।  
उहाँहरुले तिहारको ३ दिनको अवधिमा मात्रै ३ लाखको फुल र माला विक्रि गर्नुभएको छ । प्रति माला ८० देखि सय रुपैयाँमा विक्रि भएको बताईएको छ । तिहारको मिति छिटो परेकाले पनि मागअनुसार फुल पु¥याउन नसकिएको गैह्रेले बताउनुभयो । 
हाईव्रिड जातका सयपत्रिका फुलखेति गर्नुभएका गैह्रेले भन्नुभयो, “एक याममा एक बोटबाट पुर्ण स्याहार भयो भने ३ सय थुङगा फुल उत्पादन हुन्छ ।” गतवर्ष १ रोपनी जग्गामा लगाईएको फुलखेतिबाट ४ लाखको कारोबार भएको थियो ।
बर्षा याममा सिंचाईको लागी समस्या नभए पनि हिउँदको समयमा भने सिंचाईको लागी समस्या भएको उहाँले बताउनुभयो । त्यस्तै बाँसका टनेँल निर्माण गर्ने दक्ष कामदार नपाउँदा केहि समस्या भएको उहाँहरुको भनाई छ । भारतको कलकत्ताबाट फुलको लागी विउ ल्याएर फुलखेतिको शुरु गर्नुभएको गैह्रेले फ्लोरिकल्चर एशोसिएसनसंँग समन्वय गरेर समेत बीउ ल्याउनुभएको छ । 
यहाँ उत्पादित फुल मालाहरु जिल्लासहित बुटवल पोखरा, भैरहवा, काठमाडौँमा समेत निर्यात हुने गरेको डुम्रेले बताउनुभयो । फुलखेतिबाट कम लगानीमा छिटो आम्दानी लिन सकिने भएकाले पनि यस ब्यावसायबाट आँफूहरु सन्तुष्ट रहेको ब्यावसायीहरु बताउनुहुन्छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...