अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

एलादी कृषि सहकारीको दोस्रो अधिवेसन सम्पन्न, अध्यक्षमा खनाल

वालिङ, ७ कार्तिक ।
एलादी कृषि सहकारी संस्था लिमिटेड वालिङ ४ को साधारण तथा दोस्रो अधिवेसन सम्पन्न भएको छ । 
अधिवेसनले सुर्यप्रसाद खनालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा मोनीलाल खनाल, सचिवमा सुरेन्द्र चापाँगाई, कोषाध्यक्षमा कमला खनाल रहनुभएको छ भने सदस्यहरुमा खेमनारायण रिजाल, लोकनाथ खनाल, दोकनाथ खनाल, मोतिकला खनाल, गोपाल काफ्ले, सन्ध्या थापा, तोपप्रसाद गुरुङ रहनुभएको छ । 
कार्यक्रममा बोल्दै पुर्व सांसद टेकु नेपालीले सहकारीहरु नाफामुखी भन्दा सेवामुखी भएर जनतालाई सहज सेवासुविधा दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले आगामी प्रदेशको चुनावले स्थानीय तहमा रहेको संक्रमणकालिन सम्पुर्ण अन्यौलहरुलाई हटाउने विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा वडा अध्यक्ष रनध्वज गुरुङ, कृषि विकास बैंक वालिङ शाखाका हरिप्रसाद काफ्ले, निर्मलादेवि खनाल, अर्जुन खनाल, घनश्याम रिजाल, दोकनाथ खनाल, ख्यामनारायण रिजाल, चोलाकान्त रिजाललगायतले बोल्नुभएको थियो । संस्थाका कार्यबहाक अध्यक्ष सुर्यप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सुरेन्द्र चापागाँई र सञ्चालन सचिव मोनीलाल खनालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...