अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

वालिङमा एग्रो टुरिजमको सम्भावना

news

वालिङ , १० कार्तिक ।
जिल्लाको मध्यभागमा रहेको वालिङ नगरपालिका एग्रो टुरिजमको सम्भावना बोकेको नगर भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । व्यवसायीक कृषि तथा व्यपार आयोजना(प्याक्ट) को सहयोगमा हिमशिखर कृषक समुहले आयोजना गरेको गोलभेडा उत्पादन सम्वन्धी तालिममा बोल्ने बक्ताहरुले वालिङ सम्भावना बोकेको नगरपालिका भएकाले यसलाई एग्रो टुरिजम बनाउनु पर्नेमा जोड दिए । 
तालिममा वोल्दै त्रियासी कृषि उपज तथा कजार व्यवस्थापन सहकारीका अध्यक्ष तथा वालिङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष केदार काफ्लेले तरकारी उत्पादनको उदगम थलोको रुपमा परिचित हुदै आएको वालिङ नगरपालिका पर्यटकीय र कृषिमा सम्भावना बोकेको नगरपालिका भएकाले यसको विकासका लागि सबै नगरवासी एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
वालिङ नगरपालिका १४ लाई कृषिमा स्थानीयलाई व्यवसायीक बनाउन प्याक्टले गोलभेडा, बाख्रा पालन, कुखुरापालन लगायतमा आर्थिक सहयोग गरेको छ । टमाटर उत्पादनमा अव्वल मानिएको वालिङको पेखुठानामा ५३ जना किसान मिलेर सहकारी मार्फत संयुक्त कृषि कार्य गर्दै आएका छन् । 
तालिममा वालिङ १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठ, मित्रलाल खनाल, केशवबहादुर थापा, लालप्रसाद पंगेनी, ओमकला थापा, श्याम खाँण, राजेन्द्र खवास, भिमबहादुर खवास लगायतले किसानले उत्पादन गरेको बस्तुको बजारीकरणमा समस्या हुदै आएको बताएका थिए । 
२८ जना किसान टमाटर खेतीमा आवद्ध छन् भने ३ जना कुखुरा र बाँकी बाख्रा पालनमा लागेका छन् । कृषिको माध्यमबाट पेखुठानालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना सहित सहकारी अगाडी बढेको सहकारीले जनाएको छ । तालिममा ४५ जना किसानको सहभागिता रहेको थियो ।  
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...