अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

नेपाल शिक्षक संघ पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गापाको प्रथम स्थानीय अधिवेस

वालिङ , १० कार्तिक ।
नेपाल शिक्षक संघ पुतलीबजार नगरपालिकाको प्रथम स्थानीय अधिवेशन हिजो सम्पन्न भएको छ । अधिवेसनले शिवप्रसाद तिमिल्सिनाको अध्यक्षतामा २३ सदस्यीय नगरसमति गठन गरिएको छ । 
उपाध्यक्षमा बन्दना लम्साल, अर्जुन पौडेल, सचिवमा बेदप्रसाद पौडेल, अर्थसचिवमा वृहस्पति अर्याल, सहसचिवहरुमा राधाकुमारी पौडेल, राजेन्द्रप्रसाद लामिछाने, ईमनाथ पुरी, कुलप्रसाद गुरुङ रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । कार्यक्रमको उद्दघाटन गर्दै संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले परिवर्तित संचरनाको निर्माण भएको अवस्थामा सम्रग शिक्षाको शैक्षिक गुणस्तर सुधार गर्नको निमित्त संघका साथीहरु एकजुट हुनुपर्ने बताउनुभयो । 
कार्यक्रममा संघका कास्की अध्यक्ष रमेश भट्टराई, पत्रकार महासंघका जिल्ला अध्यक्ष ओमप्रकाश शर्मालगायतले बोल्नुभएको थियो ।
त्रिभुवन आर्दश माविका प्रध्यानाध्यापक मुक्तिप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव पशुपति पौडेल र स्वागत जिल्ला उपाध्यक्ष सिता गौडेलले गर्नुभएको थियो ।
उता अर्जुनचौपारी गाउँपालिकामा समेत संघको प्रथम अधिवेसन गरिएको छ । अधिवेसनल विष्णुप्रसाद चापागाईको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्षमा माया केसी बस्नेत, नारायण काफ्ले, सचिवमा घनश्याम अर्याल, अर्थसचिवमा कमला पौडेल, सहसचिवहरुमा नन्दलाल ढकाल, क्षेत्रबहादुर रोका, लक्ष्मीकुमारी शर्माचापागाँई रहनुभएको छ । 
सदस्यहरु लालबहादुर क्षेत्रि, भिमबहादुर थापा, भिष्म चापागाँई, हिनलाल काफ्ले, जगदीश पौडेल रहनुभएको छ । सर्वोदय माविका आरुचौरका प्रअ लक्ष्मीप्रसाद सापकोटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पशुपति पौडेलले गर्नुभएको थियो । कार्यक्रममा संघका जिल्ला अध्यक्ष रेग्मी, संघिय प्रतिनिधि मोतिलाल अर्याल, प्रदेश प्रतिनिधि दिपक रेग्मी, संघका आँधीखोला गाउँपालिका अध्यक्ष दिपक सापकोटालगायतले बोल्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...