अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

भिरकोट साना किसान कृषि सहकारी संस्थाको भेला सम्पन्न

वालिङ , १० कार्तिक ।
भिरकोट साना किसान कृषि सहकारी संस्थाको भेला हिजो सम्पन्न भएको छ । भेलामा बोल्दै तुल्सीभञ्याङ साना किसान कृषि सहकारी संस्था तुलसीभञ्याङका अध्यक्ष एवं गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले साना किसान कृषि सहकारी साना किसानहरुसंग सहकार्य गर्दै आएको बताउँदै संस्थाले किसानहरुलाई विभिन्न सिपमुलक तालिम लिन देश तथा विदेशमा समेत पठाउने गरेको बताउनुभयो ।  
कार्यक्रममा तुल्सीभञ्याङ साना किसानका सचिव दलबहादुर सिंजाली, प्रबन्धक शम्भुनारायण अधिकारी, खिलुङ स्वास्थ्य चौकी अहेव ईश्वर अर्याल, वडा नं. ६ का अध्यक्ष लक्ष्मण केसी रामकाजीलगायतले बोल्नुभएको थियो । यसैबीच भेलाले किसानहरुलाई सहजसरल सेवा दिने उद्देश्यले विश्वनाथ अर्यालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । 
उपाध्यक्षमा गोपालप्रसाद अर्याल, सचिवमा दिलकुमारी रेग्मी, कोषाध्यक्षमा कमला गोदार, सहसचिवमा देवकुमारी घर्ती रहनुभएको छ भने सदस्यहरु चन्द्रकला अर्याल, हेमा थापा, चमेली केसी, मिना रोका, जमुना अर्याल, भगवतीदेवि शर्मापंगेनी, ईन्द्र विक, कलावति परियार रहनुभएको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...