अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

बाम गठनबन्धन भिरकोट नगरपालिकाको नगर बैठक बयरघारीमा

वालिङ , १० कार्तिक ।
बाम गठनबन्धन भिरकोट नगरपालिकाको नगर बैठक बयरघारीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै एमालेका जिल्ला उपाध्यक्ष उदय श्रेष्ठले आसन्न निर्वाचन बामगठबन्धकै पक्षमा रहेको भन्दै बामउम्मेद्धारलाई विजयी बनाउन बामपन्थी एकजुट हुनुपर्ने बताउनुभयो । 
कार्यक्रमले भिरकोट १ देखि ४ सम्म वडाका १२ गते बयरघारी, ५ को १५ गते तिलहारनेटा, ६ र ७ को ११ गते बगरेबजार, ८ को १८ गते ढापुक स्वास्थ्यचौकी, ९ को १३ गते चराङमा गठबन्धन भेल ागर्ने निर्णय गरेको छ । 
त्यस्तै सनम श्रेष्ठको संयोजकत्वमा युवा परिचाल, चन्द्रबहादुर बस्नेतको संयोजकत्वमा आर्थिक व्यवस्थापन कमिटि, हर्कबहादुर गुरुङको संयोजकत्वमा आन्तरिक मामिला विभाग, मिठु अधिकारीको संयोजकत्वमा महिला परिचालन कमिटि, कार्यालय सचिव एवं प्रचारप्रसार संयोजक गोकुल अधिकारी र पर्चा पम्प्लेट व्यवस्थापनको संयोजकमा अविरल केसीलाई चयन गरिएको छ । 
कर्यक्रममा जिल्ला कमिटि सचिवालय सदस्य यामबहादुर कुँवर, गल्याङ नगरप्रमुख भुपराज अधिकारी, जिल्ला सल्लाहकार हर्कबहादुर गुरुङ, वडा नं. ४ का वडा अध्यक्ष चन्द्रबहादुर बस्नेत, युवासंघका जिल्ला सचिव दलबहादुर सिंजाली, क्षेत्रिय सदस्य पिताम्बर काफ्ले, माओवादीका कृष्णप्रसाद ढुङगाना, किसान महासंघका केन्द्रिय सदय सन्तोष केसीलगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । यसैबीच
कालीगण्डकी गाउँपालिका २ र ३ मा भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य तथा जिल्ला ईन्र्चाज पद्मा अर्यालले मुलुलक संघ र प्रदेशको निर्वाचनले नै आर्थिक तथा सामाजिक क्रान्तीको विकास हुने भन्दै मुलुकलाई समृद्ध बनाउनको लागी नै बामगठबन्धनको निर्माण भएको बताउनुभयो । 
कार्यक्रममा सांसद मुक्तिप्रसाद पाठकले आगामी निर्वाचनमा दुई तिहाई बहुमतका साथ अब मुलुकको नेतृत्व एमालेले गर्ने दावी समेत गर्नुभयो । कार्यक्रममा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...