अहिले तरंगमा

Nepal Khabar

केहि छिनमा

Lok Chaoutari

समाचार

बाम गठबन्धनद्वारा विभिन्न स्थानहरुमा भेला

वालिङ, ११ कार्तिक ।
दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ नजिकिँदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनले विभिन्न स्थानहरुमा भेला गरिरहेका छन् । 
 
यसैक्रममा शुक्रबार वालिङ नगरपालिका १० मा गठबन्धनको भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेद्वार पदमा अर्यालले देश अब आर्थिक तथा सामाजिक क्रान्तिमा उन्मुख भएको अवस्थामा बाम गठनबन्धनको विजयले मात्र मुलुकमा समृद्धिको सम्भावना भएको बताउनुभयो । 
 
कार्यक्रममा प्रदेश सभाका उम्मेद्वार मोहन रेग्मी, जिल्ला समन्वय समिति उपप्रमुख दिलीप बगाले, खेलकुद विकास समितिका जिल्ला अध्यक्ष मोहन खनाल, माओवादी केन्द्रका राजु कोईरालालगायतले बाम उम्मेद्वारलाई विजयी बनाउनुपर्नेमा जोड दिनुभयो । 
 
चुत्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुशील सुबेदीले गर्नुभएको थियो । उता गल्याङमा पनि बाम गठबन्धनको नगरपालिकास्तरीय संयुक्त भेला गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाकी अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय वैकल्पिक सदस्य सीता सुन्दासले बाम घटकबीचको एकताले जनतामा उत्साह ल्याएको उल्लेख गर्दै जनताको भवना अनुरुप बाम गठबन्धन जानुपर्ने बताउनुभयो । 
 
त्यस्तै एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा प्रस्तावित उम्मेद्वार पदमा अर्यालले मुलुकमा विदेशी हस्तक्षेप बढीरहेको परिस्थितमा बाहिरिया शक्तिबाट जोगाउँदै समृद्ध नेपालको लागि बामपन्थीको एकता भएको बताउनुभयो । 
 
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा स्याङ्जा क्षेत्र नम्बर दुईका संयोजक प्रकाश न्यौपाने,  एमाले स्याङ्जा जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, नेकपा एमाले प्रदेश नम्बर चार निर्वाचन कमिटीका अध्यक्ष पुण्य भुसाल, नेकपा एमाले नेता मोहन रेग्मी, नेकपा माओवादी केन्द्र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य कल्पना अर्याल लगायतले जनताको परिवर्तनको चाहना कम्युनिष्टको एकताले मात्र सम्भव भएकोमा जोड दिएका थिए । 
 
त्यस्तै व्यवस्थापिका संसदका निवर्तमान सदस्य मुक्तिप्रसाद पाठक, नेकपा माओवादी केन्द्र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य दीपा भुसाल लगायतले आगामी निर्वाचनको तयारीमा सवै नेता तथा कार्यकर्ताहरु एक ढिक्काका साथ लाग्नुपर्ने बताएका छन् । 
 
गल्याङ नगरपालिका उपप्रमुख तथा नेकपा एमाले गल्याङ नगर कमिटी अध्यक्ष देवीसरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेकपा एमाले क्षेत्रीय सचिव नारायण भट्टराइले र सञ्चालन नेकपा माओवादी केन्द्र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य नारायण अधिकारी (समीर) ले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...