अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

माछापुच्छ्रे बचतको दशौंँ साधारण सभा

वालिङ, ११ कार्तिक ।
माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था भीरकोट एक बयरघारीको दशौं साधारण सभा आज बयरघारीमा सम्पन्न भएको छ । साधारणसभाको उद्दघाटन गर्दै मुक्तिनाथ बैंकका अध्यक्ष एवं प्रदेश सभा उम्मेद्वार मिनप्रसाद गुरुङले सहकारी नाफामुखीभन्दा पनि सेवामुखी हुनुपर्नेमा जोड दिँदै सहकारी गरिव जनताको सारथी बन्न सक्नुपर्ने बताउनुभयो । 
 
कार्यक्रममा महिलाहरुकोतर्फबाट मिनकुमारी अधिकारी, वडा नं. १ का वडा अध्यक्ष दिपेन्द्र केसी, २ का अध्यक्ष कमल त्रिपाठी, ३ का अध्यक्ष बाबुराम श्रेष्ठ, ४ का अध्यक्ष एवं संस्थाका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेत, शुभलक्ष्मी बचतका प्रबन्धक किरण केसी, मुक्तिनाथका प्रबन्धक केशवराज अर्याल, भीरकोट साना किसानका अध्यक्ष विश्वनाथ अर्याल, आँधीखोला लघुवित्तका डोलराज केसीलगायतले बोल्नुभएको थियो । 
 
कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो भने उत्कृष्ट अंकबाट एसईई उत्तीर्ण हुने छात्र छात्रा, असल ऋणि, असल बचतकर्तालाई समेत सम्मान गरिएको थियो । अध्यक्ष डोलराज ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ताराबहादुर बस्नेतले स्वागत र सञ्चालन सचिव सन्तोष केसीले गर्नुभएको थियो ।       
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...