अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

रोटरी क्लब वालिङद्धारा गर्भनरलाई स्वागत

वालिङ, ११ कार्तिक ।
रोटरी क्लब वालिङले शुक्रबार डिस्ट्रिक गभर्नर स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं डिस्ट्रिक गभर्नर रोटरियन सञ्जय गिरीले रोटरी क्लब अफ वालिङले आगामी दिनमा अझ बढी सशक्त भएर समाज सेवामा लाग्नुपर्ने बताउनुभयो । 
रोटरी क्लब विशुद्ध समाज सेवामा समर्पित क्लब भएकाले सबैको यस क्लबप्रति चासो जानुपर्ने बताउनुभयो । रोटरी क्लब अफ वालिङका अध्यक्ष रोटरियन चुडामणि सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रोटरियन सुशील सुबेदीले, अध्यक्षकाबारेमा जानकारी रोटरियन मधुसुदन आचार्यले र धन्यवाद ज्ञापन रोटरियन जोगराज पाठकले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...