अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

डिभिजन सहकारीका प्रमुख भट्टराईलाई विदाई

वालिङ, ११ कार्तिक ।
डिभिजन सहकारी कार्यलय स्याङ्जाका प्रमुख फर्सुराम भट्टराईलाई स्याङ्जा जिल्ला बचत तथा ऋण सहकारी संघले शुक्रबार विदाई कार्यक्रम गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रिय संघ पोखराका सञ्चालक अनन्तकुमार श्रेष्ठले सहकारी कार्यालयका प्रमुख फर्सुराम भट्टराईले स्याङ्जाका सहकारी क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । 
 
कार्यक्रममा सहकारी प्रमुख फर्सुराम भट्टराई, सहकारी संघका केन्द्रीय प्रतिनिधी चित्रबहादुर कार्की, रोयल सहकारी कोअपरेटिभका अध्यक्ष बिष्णुप्रसाद पोखरेल, अर्जुनचौपारी कृषि सहकारीका अध्यक्ष हरिप्रसाद अर्याल, संघका कोषाध्यक्ष भूमिजंग केसी लगायतले विदाई मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
 
सहकारी संघका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहकारीकर्मी अच्यूतप्रसाद अर्यालले गर्नुभएको थियो ।     
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...