अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

श्रवण माविमा आँधीखोला बाङसिङमा आइटी ल्याब

वालिङ, ११ कार्तिक ।
आँधीखोला गाँउपालिका ४ बाङ्सिङ्को श्रवण माविमा आइटी ल्याब शुक्रबारदेखि सुरु भएको छ । आइटी ल्याबको उदघाटन एवं कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष चिन्तामणि पौडेलले एक्काइसौं शताब्दी इमेल र इन्टरनेटको भएको बताउदै बिदेशी सहयोगदाताप्रति कृतज्ञता ब्यक्त गर्नुभएको थियो । 
 
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य खेमराज पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष देवराज शर्मा, पञ्चासे निमाविका प्रधानाध्यापक जीवनाथ पौडेल, फेदीखोला ५ का वडा अध्यक्ष देउकुमारी गुरुङ, समाजसेवी कृष्णबन्धु पौडेल, आपसी सहयोग केन्द्रका परामर्शदाता हरिप्रसाद ढकाल लगायतले आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । 
 
ट्रयान्गल डेनमार्कका अध्यक्ष क्रिष्टियन कुरुसले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुकुमदत्त शर्मा र प्रधानाध्यापक रामप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । इमेल इन्टरनेट फर्निचर सहित एप्पल ब्राण्डका १० वटा कम्प्यूटर हस्तान्तरण गरिएको हो । 
 
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुकुमदत्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक काजीमान गुरुङ्ले स्वागत एवं शिक्षक टेकनारायण लामिछानेले सञ्चालन गर्नुभएको थियो ।   
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...