अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

वालिङ, ११ कार्तिक ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ८ रिपमा रहेको नेशनल गोल्डेन फूयूचर ईङ्लिस बोर्डिङ स्कूलको शैक्षिक सत्र २०७३को पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । 
 
कार्यक्रमको उद्घाटन गर्दै भानुभक्त आचार्य माविका स्रोतव्यक्ति लेखनाथ चापगाई नेशनल गोल्डेन फूयूचर बोर्डिङले ग्रामीण क्षेत्रमा समयानुकुल अंग्रेजी र कम्प्युटर शिक्षा सञ्चालन गरेर राम्रो काम गरेको कुरा बताउनु भएको छ । 
 
देशका ठूला ठूला शहरमा दिने शिक्षा गाउँघरमै दिएर गाउँ शुन्य हुनवाट बचाएको बताउँदै यति वेला अभिभावक र विद्यार्थीको रोजाई नीजि विद्यालय हुने भएकाले शैक्षिक गुणस्तरसँंगै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो । 
 
कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्यहरु झिमबहादुर थापा, चन्द्रबहादुर राना मगर, गौलक्ष्मी श्रेष्ठ, गह्र्रांैकालिका आमा समूहकी अध्यक्ष हेमा सिञ्जाली मगर, विद्यार्थी बिपिन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिएनन् भने विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण गरिएको थियो । 
 
विद्यालयका प्रिन्सिपल कृष्णबहादुर सिञ्जालीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेकप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सञ्चालक समितिका कोषाध्यक्ष मुक्तिप्रसाद खनालले र कार्यक्रमको सञ्चालन विद्यालयका भाईस प्रिन्सिपल सुवर्ण श्रेष्ठले गर्नुभएको थियो ।   
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...