अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

कृषिजन्य बस्तुहरुको निरीक्षण

वालिङ १३, कार्तिक
जनकल्याण कृषक  सहकारी संस्था लिमिटेड वालिङ ५ पांडेथोकद्वारा उत्पादित कृषिजन्य बस्तुहरुको आईतबार निरीक्षण गरिएको छ । सहकारीमा आबद्ध कृषकहरुको बारीमै पुगेर वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँण र कार्यकारी अधिकृत भिमकान्त पौडेलले निरीक्षण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपप्रताप खांँणले कृषिमा थप व्यवसायीकरणको आवश्यकता रहेकाले वालिङ नगरपालिकाले व्यवसायिक कृषकहरुको लागि विशेष योजनाहरु ल्याउनकालागि आवश्यक तयारी गरिरहेको बताउनुभयो ।
यस ठाउँमा विगत लामो समयदेखि ब्यावसायिकरुपमा गोलभेडा, सुन्तला, कफि तथा बेमौसमी तरकारीहरु उत्पादन हुने गरेकाले पनि यस ठाउँका कृषकहरुको मेहनतलाई नगरका अन्य वडाका कृषकहरुले पनि अनुशरण गर्न लायक रहेको बताउनुभयो ।
साथै उहाँले यहाँ उत्पादित बस्तुहरुको निर्यातकालागि बाह्रै महिना यातायातका साधन सञ्चालन हुन सक्नेगरी बाटो निर्माण गर्न तत्कालै तयारी थाल्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत भिमकान्त पौडेलले यो क्षेत्र साँच्चिकै कृषिको लागि नमूना क्षेत्र रहेकाले यहाँको सिको अन्य स्थानका कृषकहरुले समेत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ल्या.यामबहादुर गुरुङ, सल्लाहकार भुवानीशंकर लामिछाने, सञ्चालक सदस्यद्वय नरबहादुर पौडेल र गिरीधारीप्रसाद लामिछाने, सहकारीका प्रबन्धक हुमनाथ लामिछाने, कृषक डिल्लीराम रिजाल, सुशीला लामिछानेलगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष निलकण्ठ लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खेमकान्त पौडेलले स्वागत र सचिव नारायण लामिछानेले सञ्चालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...