अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ साधारण

news

वालिङ १३, कार्तिक
उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ८ को २५औँ साधारण सभा आईतबार वालिङ खेलमैदानमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सल्लाहकार तथा पूर्व सभासद पदमा अर्यालले सहकारीहरु उत्पादनमुखी हुनुपर्ने भन्दै सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सकियो भने त्यसबाट सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो ।
साथै उहाँले जिल्लामै पुरानो सहकारी संस्थाकोरुपमा स्थापित भई विभिन्न क्षेत्रमा आफ्नो कार्यक्षेत्र विस्तार गरेर सफलता प्राप्त गरेकोे बताउनुभयो ।
२०५० सालमा स्थापित सहकारीले हाल मिर्मी, बायटारी र दामाचौरमा आफ्नो शाखा विस्तार गरेको छ । ५ हजार ५ सय ५१ शेयर सदस्य रहेको सहकारीको कुल चुक्त शेयर पूँजि ५५ करोड ७५ लाख ५५ हजार ३ सय, कलु बचत संकलन ४० करोड, ४७ लाख, ५९ हजार ९ सय ६२ र कुल ऋण लगानी ५१ करोड, ३६ लाख, ४४ हजार ९ सय ४८ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले वालिङ नगरपालिका, भीरकोट, चापाकोट, गल्याङ नगरपालिकासहित श्रीकृष्णगण्डकी गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्याल, सचिव दिपेन्द्र गैह्रे र कोषाध्यक्ष शिवलाल डुम्रेले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष पुण्यप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मीपति पौडेलले र सञ्चालन सचिव दिपेन्द्र गैह्रेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...