अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

स्वास्थ्य अधिकार बर्ष पुस्तक प्रकाशन सन्दर्भमा अभिमुखीकरण

वालिङ १३, कार्तिक
स्वास्थ्य अधिकार बर्ष पुस्तक प्रकाशन सन्दर्भमा स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण तथा पत्रकार भेटघाट कार्यक्रम आईतबार स्याङ्जा सदरमुकाममा सम्पन्न भएको छ । सुर्ती नियन्त्रण जिल्ला सञ्जाल स्याङ्जाको आयोजनामा सञ्जालका पदाधिकारी र पत्रकारबीच स्वास्थ्य अधिकारकाबारेमा छलफल एवं अन्तरक्रिया भएको हो ।
छलफल कार्यक्रममा सुर्ती नियन्त्रण सञ्जाल प्रदेश नं. ४ का संयोजक हरिप्रसाद पौडेल र जनस्वास्थ्य कार्यालयका तथ्यांक सहायक राजेन्द्र पराजुलीले आमा सुरक्षा, निशुल्क स्वास्थ्य, परिवार नियोजन र संविधानमा मौलिक हककारुपमा सूचिकृत स्वास्थ्य अधिकारकाबारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, जनस्वास्थ्य अधिकृत रामचन्द्र अर्याल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सुर्ती नियन्त्रण जिल्ला सञ्जाल स्याङ्जाका संयोजक भवानी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य पृथ्वीप्रसाद पोखरेलले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...