अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

अन्तर्राष्ट्रिय प्याराग्लाईडिङको तयारी पूरा

news

वालिङ १४, कार्तिक
कार्तिक १५ देखि २० गते सम्म स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेकमा
आयोजना गरिएको अन्तर्राष्ट्रिय प्याराग्लाईडिङको तयारी पूरा भएको छ । बाबु
एडभेञ्चर क्लब, नेपाल प्याराग्लाईडिङ ह्याण्डग्लाईडिङ संघ र नेपाल हवाई
खेलकुद संस्थाले प्रतियोगिताको आयोजना गरेको हो ।
आँधीखोला भ्यालीलाई हवाई रंगशालाको विकास र सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदको खेलाडी छनौट तथा २०२० को विश्वकपको तयारी स्वरुप प्रतियोगिताको आयोजना गरिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनुभयो ।
प्याराग्लाईडिङ प्रतियोगितामा अमेरिका, बेलायत, चिन, भारत, स्पेन, स्विटजरल्याड, बंगलादेश लगायतका २५ देशको ३ सय खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ । प्रतियोगिताका निर्णायक इन्डोनेसियाका एरिक पाउन्ट नेर, एहमद फैजल र मलेसियाका फेरजल बिन्किपाली खेलकुद स्थामा आएका पुगेका छन् ।
प्यारागलाइडिङको उडान स्थल स्वरेक मैदानलाई छनौट गरिएको छ भने अवतरण डौवा मैदानलाई छनौट गरिएको बाबु एडभेन्चरका निर्देशक सानुबाबु सुनुवारले जानकारी दिनुभयो । उहाँले प्रतियोगिताकालागि १५ देशका एक सय १० खेलाडीले नामावली दर्ता गरेको बताउनुभयो ।
प्याराग्लाईडिङ प्रतियागितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विटजरल्याड, बंगलादेश लगायतका २५ देशको ३ सय खेलाडीको सहभागिता रहने छन् ।  ६ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा ८५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...