अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

बाम गठबन्धनद्धारा जिल्लाका विभिन्न स्थानमा भेला

वालिङ १४, कार्तिक
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त भेला सोमबार भीरकोट ९ मा सम्पन्न भएको छ । भेलामा बोल्दै क्षेत्र नं. २ क का उम्मेद्वार मोहन रेग्मीले बाम गठबन्धन देशको आवश्यकता भएको भन्दै देशलाई सही मार्गमा हिडाउन बाम एकता भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दिलीपकुमार बगाले, एमाले सचिवालय सदस्य यामबहादुर कुँवर, युवा संघका जिल्ला अध्यक्ष दामोदर तिवारी, अखिल नेपाल महिला संघका क्षेत्रीय उपाध्यक्ष मिठु अधिकारी, माओवादी केन्द्रका जिल्ला सदस्य नरेश दर्लामी, चोकबहादुर गुरुङलगायतले बोल्नुभएको थियो ।
भेलाले लिलाबल्लभ रेग्मीको अध्यक्षतामा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी, कमलराज रेग्मीको संयोजकत्वमा १५ सदस्यीय आर्थिक परिचालन कमिटी, लाकेन्द्र आलेको संयोजकत्वमा १ सय १ सदस्यीय युवा परिचालन कमिटी, लालमाया रसाईलीको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन कमिटी गठन गरिएको छ ।
पूर्व गाविस उपाध्यक्ष लिलाबल्लभ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत श्रीप्रसाद गुरुङ र सञ्चालन विश्वनाथ अर्यालले गर्नुभएको थियो । उता
गल्याङ  ३ को संयुक्त बैठक गल्याङ बजारमा सोमबार सम्पन्न भएको छ । सामाजिक एकता र आर्थिक समृद्धिको आधार, बाम प्रगतिशील गठबन्धनको नेतृत्वमा स्थिर र बलियो सरकार भन्ने नाराका साथ वैठक सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर चार निर्वाचन कमिटीका संयोजक पुण्य भुसालले वाम गठबन्धन चुनाव जित्न मात्र नभएर यो देशको परिवर्तन र समृद्धिको लागि अपरिहार्य रहेको बताउनुभयो । उहाँले पार्टीको चाहाना मात्र नभएर युगले खोजेको आवस्यकता पनि वामगठबन्धन भएको संज्ञा दिनुभयो ।
भुसालले आगामी निर्वाचनमा वाम गठबन्धनलाइ विजयी गराउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई सक्रिय भएर लाग्न निर्देशन दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्र स्याङ्जा जिल्ला सल्लाहाकार समितिका सदस्य टेकनाथ न्यौपाने, नेकपा माओवादी केन्द्र स्याङ्जा जिल्ला सल्लाहाकार समितिका सदस्य नरबहादुर रानालगायतले राजनीतिक परिवर्तन, आर्थिक तथा सामाजिक परिवर्तनका लागि कम्युनिष्टहरुको एकता अति आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
गल्याङ नगरपालिका वडा नम्बर तीनको संयुक्त भेला संयोजक किसान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन यज्ञप्रसाद अर्यालले गर्नुभएको हो । उता
नेकपा एमाले र माओबादी केन्द्रको पुतलीबजार नगर स्तरीय संयुक्त भेलाले तारा शर्माको संयोजकत्वमा एक हजार एक सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।
भेलाले सह संयोजकमा हुमबहादुर कुमाल, खड्कराज सुबेदी र सचिवमा मनबहादुर थापालाई चयन गरेको छ । भेलामा नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य
सीता सुन्दासले बाम पार्टीको एकताले मात्रको देशको हित हुने बताउनुभयो । उहाँले पार्टी तालमेल र एकता ब्यक्तिको लागि मात्र नभई राष्ट्रिय हितको लागि
भएको दाबी गर्नुभयो ।
कार्यक्रममा एमाले प्रदेश सदस्य सीमा क्षेत्री, जिल्ला सचिव सुधिरकुमार पौडेल, माओबादी केन्द्रका महाधिबेशन आयोजक समिति सदस्य शिब पराजुली, नारायण लम्साल, एमाले क्षेत्रीय परिषद सदस्य बिश्व पौडेल, माओबादी केन्द्रका जिल्ला सल्लाहकार दुर्गानारायण ढकाल, खड्कराज सुबेदी, माओबादी केन्द्रका नगर संयोजक हुमबहादुर कुमाल लगायतले मन्तब्य राख्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...