अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

साविक थुमपोखरा गाविस पूर्ण खोपयुक्त गाविस घोषित

news

वालिङ १४, कार्तिक
स्याङ्जाको साविक थुमपोखरा गाविस हालको वालिङ नगरपालिका १३ र १४ नम्बर वडालाई हिजो एक कार्यक्रमकाबीच पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । १२ देखि २३ महिनाभित्रका बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएकाले पूर्ण खोपयुक्त वडा घोषणा गरिएको हो ।
पूर्ण खोपयुक्त वडा घोषणा कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगर प्रमुद दिलीपप्रताप खाँणले बालबालिकाहरुले पाउनुपर्ने खोपहरु पाएकोले पूर्ण खोपयुक्त वडा घोषणा गरिएको र आगामी दिनमा पनि घोषणामात्रै नभई कार्यान्वयन पक्षलाई पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका कार्यकारी अधिकृत भिमकान्त पौडेल, वडा नं. १३ का वडाध्यक्ष आनन्द पाठक, जनस्वास्थ्य कार्यालयका खोप अधिकृत अमृतकुमार श्रेष्ठ, स्वास्थ्य ब्यवस्थापन समितिका खेमबहादुर पराजुली, स्वयंसेविका कमला लुईटेललगायतले बोल्नुभएको थियो ।
वडाध्यक्ष झम्मरबहादुर ?ेष्ठका अध्यक्षतामा सम्पन्न कार्यधmममा सुनिता तिवारीले स्वगत र वडा सचिव नारायणप्रसाद रेग्मीले सञ्चालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...