अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

ऐतिहासिक अन्तर्राष्ट्रिय प्याराग्लाईडिङको शुरु

news

कला राना
वालिङ, १५ कार्तिक
बाबु एडभेञ्चर क्लब, नेपाल प्याराग्लाईडिङ ह्याण्डग्लाईडिङ संघ र नेपाल हवाई
खेलकुद संस्थाको आयोजनामा स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेकमा  अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ शुरु भएको छ ।
 
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सीता सुन्दासले अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता स्याङ्जामा आयोजना गर्न पाउनु आँफैमा निकै गर्वको विषय भएको भन्दै यसलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न सबै नेपालीहरुको कर्तव्य भएको बताउनुभयो ।
 
स्याङ्जा जिल्ला प्याराग्लाईडिङकालागि निकै उत्तम स्थान भएको र त्यसमा पनि स्वरेक एक मनमोहक पर्यटकीय स्थलको रुपमा विकास भैरहेको अवस्थामा  अन्तर्राष्ट्रिय प्रतियोगिता नै यहाँ हुँदा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउनुभयो । 
कार्यक्रममा भीरकोट नगर कार्यपालिका प्रमुख  छायाराम खनाल, वालिङ नगरप्रमुख दिलीपप्रताप खांँण, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, गल्याङ नगर प्रमुख भुपराज अधिकारी, प्रमुख जिल्ला अधिकारी महेश आचार्य, अर्जुनचौपारी गाउँपालिका प्रमुख दिर्घनारायण अर्याल, कालीगण्डकी गाउँपालिका प्रमुख खिमबहादुर थापालगायतले प्रतियोगिता सफल पार्न संयुक्त प्रतिवद्धता जनाउनुभएको छ ।
 
आँधीखोला भ्यालीलाई हवाई रंगशालाको विकास र सन् २०१८ मा इन्डोनेशियामा हुने एशियाली हवाई खेलकुदको खेलाडी छनौट तथा २०२० को विश्वकपको तयारी स्वरुप प्रतियोगिताको आयोजना गरिएको बताउँदै कार्यक्रममाथि क्लबका निर्देशक सानोबाबु सुनुवारले प्रकाश पार्नुभएको थियो ।
 
अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विटजरल्याड, बंगलादेश लगायतका २० देशका १ सय ८० जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिताका निर्णायक इन्डोनेसियाका एरिक पाउन्ट नेर, एहमद फैजल र मलेसियाका फेरजल बिन्किपाली रहनुभएको छ ।
 
प्याराग्लाइडिङको उडान स्थल स्वरेक मैदानलाई छनौट गरिएको छ भने अवतरण डौवा मैदानलाई छनौट गरिएको छ । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ८५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
 
प्रतियोगिता उद्घाटन हुनुपूर्व विभिन्न जातिय भेषभुषा तथा झाँकी प्रदर्शनीसहितको ¥याली प्रदर्शनी गरिएको थियो  । प्रतियोगिता अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, प्रत्येक साँझ भजन किर्तन, खेली दोहोरी, नौमती बाजा, परम्परागत, जातीय गायन तथा नृत्य, महिलाहरूद्वारा रत्यौली प्रस्तुति रहनेछ ।
त्यस्तै स्थानीय परिकारलाई प्रवद्र्धन गर्न स्थानीय परिकार (कोदोको ढिडो, रोटी, गोलभेडा, टिमुर र मरहठीको छोप, लोकल कुखुरा, गुन्द्रुक, भटमास, फापरका परिकार आदिको समेत व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।
 
त्यस्तै ग्लाईडरहरुले मनोरम प्राकृतिक स्थल हरूको अवलोकन जस्तै गडहरे गुफा, गडहरे मैदान, ओकादी, दिगुवा, साउन्दी, काभ्रे देउरालीडाँडा जस्ता पर्यटकीय सम्भावना बोकेका स्थलहरुको समेत अवलोकन गर्नेछन् ।
 
बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ, स्वागत भीरकोट ५ का वडा अध्यक्ष लक्ष्मण अधिकारी र धन्यवाद भीरकोट नगर उपप्रमुख सीमा कर्माचार्यले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...