अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

बाम गठबन्धनको भेला स्वरेक गढीभञ्ज्याङमा सम्पन्न

कला राना
वालिङ, १५ कार्तिक ।
बाम गठबन्धनको भेला बुधबार भीरकोट नगरपालिका ५ स्वरेक गढीभञ्ज्याङमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै एमालेका जिल्ला उपाध्यक्ष उदय श्रेष्ठले आसन्न संघ र प्रदेश निर्वाचनमा संयुक्त बाम गठबन्धनले दुई तिहाई मतका साथ विजयी हुने दावी गर्दै बाम गठबन्धन आम नागरिकको चाहाना र आवश्यकता भएको बताउनुभयो ।
 
कार्यक्रममा निर्वाचन परिचालन कमिटी संयोजक कृष्ण खांँण, किसान महासंघका केन्द्रीय सदस्य सन्तोष केसी, सल्लाहकार परिषद सदस्य हर्कबहादुर गुरुङ, भीरकोट निर्वाचन परिचालन कमिटी संयोजक विश्वनाथ अर्याल, अखिल नेपाल महिला संघका उपाध्यक्ष मिठू अधिकारी, भीरकोट नगर सदस्य केशरजंग अधिकारीलगायतले बोल्नुभएको थियो ।
 
कृष्णसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत कृष्णबहादुर थापा र सञ्चालन रुद्रबहादुर मल्लले सञ्चालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...