अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

स्याङजाका १० पार्टीका ३९ जनाले उम्मेदवारी दर्ता

वालिङ १७, कार्तिक ।
मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचका लागि एक स्वतन्त्र सहित स्याङजाका १० पार्टीका ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । २ संघ र ४ प्रदेश रहेको स्याङ्जामा नेपाली काग्रेस, बामगठबन्धका एमाले र माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नयाँशक्ति, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, माले र मंगोल नेशनल पार्टीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत रमेश कान्त अधिकारीले जानाकारी दिनुभयो ।  
 
यहाँ प्रतिनिधी सभा १ मा नेपाली काग्रेसले राजु थापा, नेकपा एमालेले नारायण प्रसाद मरासिनी, नयाँ शक्तिका टिकाराम पौडेल, राष्ट्रिय जनमोर्चाका ज्ञान बहादुर हमाल, जनमुक्ति पार्टीका बाबुराम थापा, मंगोल नेशनल पार्टीका भिम बहादुर गुरुङ् र स्तन्त्र चण्डि प्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । 
 
त्यस्तै प्रदेश तर्फ क मा नेकपा माओबादी केन्द्रका दिपक थापा, नयाँ शक्तिका पोम नारायण अर्याल, नेपाली काग्रेसका कमल पंगेनी, राजपाका रुद्र बहादुर थापा, राप्रकाका भुमिजंग केसी, मंगोल नेशनलका दुर्गा राम गुरुङ्ले उम्मेदवारी दर्ता गरेको अधिकारीले जानाकारी दिनुभयो । त्यस्तै प्रदेश खमा नेकपा मालेका नेत्र बहादुर थापा, नेकपा एमालेका मिन प्रसाद गुरुङ्, नयाँ शक्तिका दिनेश अर्याल, नेकाका तुलसी गिरी, राप्रपाका बिश्व बन्दु पौडेल, मंगोल नेशनलका खड्क बहादुर रानाले मनोनयन दर्ता गराएका छन् । 
 
त्यस्तै प्रतिनिधी सभा २ मा नेपाली काग्रेसका गोपालमान श्रेष्ठ, नेकपा एमालेका पद्य्मा कुमारी अर्याल, संघिय समाजबादी फोरमका अर्जुन राना, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्े, नयाँ शक्तिका टिकाराम रेग्मी, मंगोल नेशनल पार्टीका रत्न बहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका इश्वर राना, नेपाली काग्रेस बिपीका रामभक्त भट्राईले उम्मेदवारी दर्ता गराएका छन् । 
 
प्रतिनिधी सभा २ को कमा, नेकपा एमालेका मोहन प्रसाद रेग्मी, नेपाली काग्रेसका बिष्णु पौडेल, राजमोका मेनुका साकी नयाँ शक्तिका रबिन पाठक, राप्रपाका रुद्र बहादुर केसी, राजपाका कृष्णमायाँ राना, मंगोद नेशनलका राजु गुरुङ्ले मनोनयन दर्ता गराएका छन् । 
 
त्यस्तै खमा नेपाली काग्रेसका भगवत प्रकाश मल्ल, नेकपा माओबादी केन्द्रका सुर्य प्रसाद गैह्े, नयाँ शक्तिका भरत पाठक, मंगोल नेशनल पार्टीका सोम बहादुर गुरुङ् र राप्रका भिम बहादुर गोदार, राष्ट्रिय जन मुक्तिी पार्टीका बम बहादुर लामिछाने मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । 
 
 
उम्मेदवारमाथि विरोधको उजुरी दिन आज बिहान १० देखि ५ बजेसम्मको समय दिएको छ भने १८ गते १० देखी ३ बजेसम्म उजुरीमाथी जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन ३ देखि ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यातालिका तोकेको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...