अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

स्याङजामा १८ हजार भन्दा बढी मतदाता थपिए

कला राना, 
वालिङ १७ कार्तिक ।
आउँदो मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा स्याङजामा २ लाख १० हजार ३८ मतदाताले मतदान गर्ने भएका छन् । आउँदो चुनावका लागि जिल्लामा कुल २  लाख १० हजार ३८ मतदाता कायम भएका हुन् । 
जसमा १ लाख १० हजार २ सय ४३ महिला, ९९ हजार ७ सय ९४ पुरुष र १ जना तेस्रोलिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय स्याङजाले जनाएको छ । २ निर्वाचन क्षेत्र र ४ प्रदेश सभा रहेको जिल्लामा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा “क” मा पुरुष २५ हजार १ सय ७१ पुरुष, २८ हजार १ सय ७७ महिला गरी कुल ५३ हजार ३ सय ४८ मतदाता रहेका छन् । त्यस्तै प्रदेश सभा “ख” मा २६ हजार ७ सय १२ पुरुष, २८ हजार ६ सय २८ महिला र १ जना तेस्रो लिङगी गरी कुल ५५ हजार ३ सय ४१ रहेका छन् । 
त्यस्तै निर्वाचन क्षेत्र नं. २ को “क” मा २२ हजार २ सय ९५ पुरुष र २४ हजार ९ सय ९ महिला गरी ४७ हजार २ सय ४ मतदाता रहेका छन् भने “ख” मा २५ हजार ६ सय १६ पुरुष र २८ हजार ५ सय २९ महिला गरी ५४ हजार १ सय ४५ रहेका छन् । 
१ सय ९९ मतदानस्थल रहेको जिल्लामा २ सय ९५ मतदान केन्द्रहरु कायम गरिएका छन् । स्थानीय निकायको निर्वाचनमा २ सय ८० केन्द्रहरु  रहेका थिए । मतदाताको सङख्या बढी भएकाले मंसिर २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा १५ केन्द्रहरु थप गरिएका हुन् । १ लाख ९१ ह्जार २ सय ५३ जनाले स्थानीय निकायको निर्वाचनमा सहभागिता जनाएका थिए भने प्रदेश र संघको निर्वाचनमा १८ हजार ७ सय ५ मतदाता थप भई २ लाख १० हजार ३८ मतदाता कायम भएको कार्यालयले जनाएको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...