अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

संकलित रकम विद्यालयको भौतिक र शैक्षिक सुधारको लागी

वालिङ १७ कार्तिक ।
जनहित माध्यमिक विद्यालय वालिङ १४ थुमपोखराले देउसीभैलो बाट संकलित रकम विद्यालयको भौतिक र शैक्षिक सुधारको लागी खर्च गर्ने भएको छ । तिहारको अवधिमा विद्यालय व्यवस्थापन पदाधिकारी, शिक्षकवर्ग, अभिभावक, विद्यार्थीहरु संम्लित देउसीभैलो कार्यक्रममा विद्यालयले ३ लाख २६ हजार ४ सय १३ रुपैँया बचत गर्न सफल भएको छ । 
विद्यालयका प्रधानाध्यापक खेमबहादुर पराजुलीका अनुसार ५ दिनसम्म गरिएको देउसीभैलामा सम्पुर्ण खर्च कटाएर उक्त रकम बचत गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकनाथ तिवारीको नेतृत्वमा नेपालीको मौलिक सांस्कृतिक पराम्परालाई जर्गेना गर्दै विद्यार्थीहरुमा हाम्रा मौलिक परम्पराको प्रत्यक्ष अनुभवन होस भनी संकलित रकमले विद्यालयको विकासको लागी खर्च गर्ने हेतुले देउसीभैलो कार्यक्रम गरिएको हो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...