अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

प्रदेश स्तरीय छलफलद्धारा ८ बुँदे स्याङ्जा घोषणा पत्र जारी

वालिङ, १९ कार्तिक ।
जिल्ला समन्वय समिति स्याङ्जाको आयोजनामा हिजो प्रदेश नं. ४ अन्र्तगतका जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरुको स्याङ्जामा भएको प्रदेश स्तरीय छलफलले ८ बुँदे स्याङ्जा घोषणा पत्र जारी गरेको छ । 
जारी घोषणापत्रमा राष्ट्रिय सभाको गठन गर्ने निर्वाचन मण्डलमा जिससका प्रमुख उपप्रमुख तथा सदस्यहरुलाई समेत समावेश गर्न, जिल्लाबाट संकलित करहरु साविक जिल्ला विकास समितिले कार्यान्वयन गरे सरह यथावत राख्ने ब्यवस्था मिलाईनु पर्ने, प्रदेश कोषबाट निश्चित प्रतिशत रकम जिल्ला समन्वय समितिलाई दिईने ब्यवस्था हुनुपर्ने, जिल्ला सन्तुलित विकासका लागि २ भन्दा बढी स्थानीय तह जोड्ने सडक जिल्ला समन्वय समिति मार्फत सञ्चालन हुने ब्यवस्था हुनु पर्ने, 
प्रदेश सरकारका जिल्ला स्थित कार्यालयहरु स्थापना नगरी जिल्ला समन्वय समिति मार्फत कार्यान्वयन गरिनु पर्ने, स्थानीय तहको ब्यवस्थापकिय÷प्रशासनिक कामको कार्यसम्पादन मूल्यांकन गर्ने ब्यवस्था गर्नु पर्ने, अनुगमनबाट दिइएका सुझावहरु कार्यान्वयन गर्न वाध्यकारी बनाइनु पर्ने, जिल्ला समन्वय समितिका प्रमुख तथा 
उपप्रमुख र सदस्यहरु र स्थानीय तहका सदस्यहरुको मर्यादाक्रम तोकिनु पर्ने लगायतका बुदाहरु समावेश गरिएका छन् । छलफलमा स्याङ्जा, कास्की, तनहुँ, गोरखा, पर्वत, वाग्लुङ लगायत जिल्लाका प्रमुख तथा उपप्रमुखहरुले जिल्ला समन्वय समितिको भूमिकाका बारेमा सुझाव एवं राय ब्यक्त गरेका थिए ।
 जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीताकुमारी सुन्दासको अध्यक्षतामा बसेको प्रदेश स्तरीय बैठकमा स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले बिद्यमान संवैधानिक ब्यवस्था र जिल्ला सभाको काम, कर्तब्य र अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...