अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

सहकारीहरुको समिक्षात्मक कार्यक्रम वालिङमा सम्पन्न

वालिङ, १९ कार्तिक ।
बचत तथा ऋण सहकारी संस्थाहरुको समिक्षात्मक कार्यक्रम हिजो वालिङमा सम्पन्न भएको छ । उत्कृष्ठ सेवा तथा सुरक्षाको लागी  सर्वोत्तम छनोट  एक्सेस ब्राण्डमा उन्मुख ७ सहकारीहरु र छनोटमा परेका १ गरी ८ सहकारी संस्थाहरुको समिक्षात्मक कार्यक्रम गरिएको हो । 
 
कार्यक्रममा बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था काठमाडौ, चण्डेश्वरी सहकारी काभ्रे, युवा सहकारी बनेपा, मन्थली सहकारी रामेछाप, सिवाईसि सहकारी बाग्लुङ, सुर्योदय सहकारी स्याङजा, उपकार सहकारी वालिङ र एक्सेस ब्राण्डमा परिसकेको गैडाकोट सहकारी गैडाकोटका पदाधिकारीकोे सहभागिता रहेको थियो । 
 
उनीहरुले अशोजसम्म आ–आफ्नो संस्थाले गरेका कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण नेपाल बचत तथा केन्द्रिय सहकारी संघ काठमाडौका कार्यक्रम अधिकृत बल्लब तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले सहकारीहरुले आफ्नो मापदण्डअनुसार कारोबार गर्नुपर्ने भन्दै सहकारीहरु एक्सेस ब्राण्ड उन्मुख हुँदा आफ्ना सेयरसदस्यहरुले सुरक्षाको अनुभुति गर्न पाउने बताउनुभयो । 
 
उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र गैह्रेले र स्वागत महिला परिचालन उपसमिति संयोजक रुपा आलेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...