अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

बाम गठबन्धनद्धारा जिल्लाका विभिन्न स्थानहरुमा कार्यकर्ता भेला

वालिङ, १९ कार्तिक ।
बाम गठबन्धनद्वारा हिजो विभिन्न स्थानहरुमा कार्यकर्ता भेला गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको सयंक्त कार्यकर्ता भेला हिजो गल्याङ २ गुठी र कालिगण्डकी मिर्मिमा गरिएको हो । 
 
भेलामा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य एवं क्षेत्र नं. २ की प्रतिनिधि सभा उम्मेद्धवार पद्मा अर्यालले कम्युनिष्ट एकता आम सर्वसाधारणको ईच्छा भएकाले मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी गठबन्धनको काँधमा रहेको दाबी गर्नुभयो । उहाँले आमागी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बाम उम्मेद्धवारको पक्षमा मतदान गर्नपनि नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।  
 
त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं क्षेत्र नं. २ का प्रदेश ख का उम्मेद्धवार सुर्यप्रसाद गैह्रे पारसले स्याङजा जिल्ला गठबन्धनको लालकिल्ला हुने दावी गर्दै जनताले कम्युनिष्टहरुको सिद्धान्त र विचार बुझिसकेकाले गठबन्धनको पक्षमा बहुमत आउने दाबी गर्नुभयो ।
 
त्यस्तै उता कालिगण्डी गाँउपालिका ३ मा स्थानीय चुली भँयर युवाक्लबद्धारा आयोजित कार्यक्रममा बोल्दै अर्यालले युवाहरु देश निर्माणको संवाहक भएकाले युवाहरु समाजपरिर्वतन देखि राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनुभयो । 
 
चुनावी अभियान सफल पार्न युवाहरुको समेत महत्वपूर्ण भूमिका रहने भएकाले आ–आफ्नो भुमिका निर्वाह गर्न समेत उहाँले आग्रह गर्नुभयो । त्यस्तै कालिगण्डकी ३ आलमदेविमा भएको कार्यकर्ता भेलामा १३ जना अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...