अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

३ महिने बिद्युत जडान तालिम सम्पन्न

वालिङ, १९ कार्तिक ।
ब्यावसायिक सीप विकास तालिम केन्द्र पोखराको आर्थिक सहयोग तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको सहकार्यमा संचालित ३ महिने बिद्युत जडान तालिम सम्पन्न भएको छ । 
तालिम समापन तथा प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष नवराज सुवेदीले तालिमले सहभागी युवालाई दक्ष बनाएको बताउदै तालिममा सिकेका सीपलाई ब्यवहारमा उतारी आर्थिकोपार्जनमा लाग्न आग्रह गर्नुभयो । 
कार्यक्रममा सीप विकास तालिम केन्द्र पोखराका प्रमुख तिलकराम रिजाल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, उद्योग वाणिज्य संघका सदस्य महादेव श्रेष्ठ, प्रशिक्षक धिरज बस्याल, तालिमका सहभागी इन्द्रबहादुर क्षेत्री र डुलबहादुर थापा लगायतले आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । 
उद्योग वाणिज्य संघ स्याङ्जाका महासचिव हिक्मत श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तालिम संयोजक तुलसी पौडेलले गर्नुभएको थियो । तालिममा पुतलीबजार नगरपालिका र आँधीखोला गाउपालिकाका ४० जना युवाहरु सहभागी थिए । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...