अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री श्रेष्ठद्वारा स्वरेक मैदानको अवलोकन

वालिङ, २० कार्तिक ।
नेपाल सरकारका उपप्रधानमन्त्री तथा शिक्षामन्त्री एवं स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेद्वार गोपालमान श्रेष्ठले आईतबार अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता भैरहेको पर्यटकीय क्षेत्र भीरकोट ५ स्वरेक मैदानको अवलोकन गर्नुभएको छ ।
 
अवलोकन कार्यक्रममा श्रेष्ठले स्वरेक मैदानमा प्याराग्लाईडिङको अत्याधिक सम्भावना भएकोले नै अन्तर्राष्ट्रिय प्रतियोगिता भएको बताउँदै यसलाई बाह्य पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्न आफ्नो निकै पहल रहने बताउनुभयो । साथै उहाँले स्वरेकलाई प्याराग्लाईडिङका उर्वर थलोको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
 
त्यस्तै उहाँलाई राजेन्द्र भवानी माविले स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा उहाँले विद्यार्थीहरुको सुन्दर भविष्य निर्माण गर्ने जिम्मा शिक्षकहरुकै काँधमा रहेकाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गनुपर्ने बताउनुभयो । 
साथै उहाँले शैक्षिक गुणस्तर बृद्धिले मात्रै सामुदायिक विद्यालयमा अभिभावक तथा विद्यार्थीहरुको आर्कषण बढ्ने समेत उल्लेख गर्नुभयो । त्यस्तै वालिङ ११ मा रहेको टापुभञ्ज्याङ माविले समेत श्रेष्ठलाई स्वागत तथा सम्मान गरेको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...