अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

बामगठबन्धनको भेला तथा घरदैलो कार्यक्रम जारी

वालिङ, २० कार्तिक ।
 
नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनद्वारा हरेक दिन जिल्लाका विभिन्न स्थानहरुमा भेला तथा घरदैलो कार्यक्रम आईतबार पनि जारी रहेको छ । वालिङ नगरपालिका ५ जगतभञ्याङ, सिरपाने, धिरछाप, मझकोट र वालिङ ७ को केवरेभञ्ज्याङमा घरदैलो गरी भेला गरिएको छ ।
 
कार्यक्रममा निर्वाचन एमाले केन्द्रीय सदस्य एवम् बाम गठबन्धनबाट क्षेत्र नं. २ की प्रतिनिधि सदस्य उम्मेद्धवार पद्मा अर्याललेस्थिर सरकार र समृद्धिका लागि कम्यूनिष्ट गठबन्धन बनाउनुपरेको बताउनुभयो  । अर्यालले स्थिर सरकार नहुँदा विकास निर्माणका कार्य ओझेलमा परेकाले बाम गठबन्धनको विजयीले मात्रै समृद्ध स्याङजा हुँदै समृद्ध नेपाल निर्माण हुने बताउनुभयो ।
 
कार्यक्रममा क्षेत्र नं. २ का प्रदेश सभा क उम्मेद्वार मोहन रेग्मीले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनले बहुमतका साथ प्रदेशको नेतृत्व गर्ने दावी गर्दै बाम उम्मेद्वारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
 
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु तारा भुसाल, प्रकाश न्यौपाने र कल्पना अर्याल, एमाले जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, एमालेका पूर्व क्षेत्रीय अध्यक्ष कृष्ण खांँण, अखिल नेपाल महिला संघ वालिङ नगर अध्यक्ष मञ्जु केसीलगायतले बाम गठबन्धनका उम्मेद्वारहरुलाई आफ्नो अमुल्य मत खसाल्न मतदाताहरुसंँग आग्रह गर्नुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...