अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

नयाँ शक्तिका अर्यालद्वारा उम्मेदवारी फिर्ता, स्वतन्त्र पौडललाई शंख चिन्ह

वालिङ, २० कार्तिक ।
मंसिर २१ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ क बाट उम्मेदवारी दर्ता गर्नुभएका नयाँशक्तिका पोमनारायण अर्यालले फिर्ता गर्नुभएको छ । 
उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता गर्नु भएको हो । २ संघ र ४ प्रदेश रहेको स्याङ्जामा अर्यालको उम्मेदवारी फिर्तासँगै स्याङ्जामा एक स्वतन्त्र सहित १० दलका ३८ जना बीच प्रतिस्पर्धा हुने भएको छ । 
 
जिल्लामा नेपाली काँग्रेस, बामगठबन्धका नेकपा एमाले र माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नयाँशक्ति, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, माले र मंगोल नेशनल पार्टीले उम्मेदवारी दर्ता गरेका छन् । 
 
निर्वाचनका लागि प्रतिनिधिसभा १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका फेदीखोलाका ७२ वर्षिय चण्डिप्रसाद पौडेलले शंख चुनाव चिन्ह पाउनु भएको छ । उहाँले सबैको घर र सबैलाई थाहा भएको हुनाले शंख चुनाव चिन्ह रोजेको बताउनुभयो । त्यस्तै नेका बीपीबाट प्रतिनिधिसभा २ बाट उम्मेद्वारी दिनुभएका चापाकोट ४ का बर्ष ४४ का रामभक्त भट्राईले करुवा चुनाव चिन्ह पाउनु भएको छ ।
 
मंसिर २१ गतेको निर्वाचनमा स्याङजाका २ लाख १० हजार ३८ मतदाताले मतदान गर्ने छन् । मतदातामा १ लाख १० हजार २ सय ४३ महिला, ९९ हजार ७ सय ९४ पुरुष र १ जना तेस्रोलिङ्गी रहेका छन् ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...