अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

बाम गठबन्धनको विस्तारित बैठक

वालिङ, २० कार्तिक ।
बाम गठबन्धनको विस्तारित बैठक आईतबार भीरकोट बयरघारीमा सम्पन्न भएको छ । भीरकोट १, २, ३ र ४ वालिङ ३ र ४ को संयुक्त बैठक गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुलीले बाम गठबन्धनका उम्मेद्वारहरुलाई बहुमतले विजयी बनाउन आग्रह गर्दै गठबन्धनको विजयीले मात्र देशमा समृद्धि सम्भव रहेको बताउनुभयो ।
 
कार्यक्रममा क्षेत्र नं. १ का प्रतिनिधि सदस्य उम्मेद्वार नाराणप्रसाद मरासिनी, प्रदेश सभा सदस्य उम्मेद्वार दिपक थापा, आँधीखोला गाउँपालिका अध्यक्ष एवम् एमाले जिल्ला सचिव सुधिरकुमार पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रममा डोलराज ढुङ्गानाको संयोजकत्वमा ५ सय १ सदस्यीय चुनाव प्रचार प्रसार कमिटी गठन गरिएको छ । सहसंयोजकमा कृष्णप्रसाद ढुङ्गाना, सचिवमा गोकुल अधिकारी रहनुभएको छ । दुर्गादत्त भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमल त्रिपाठीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...