अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

काभ्रे देउरालीदेखि जूनेलीडाँडासम्म गोरेटो बाटो निर्माण

वालिङ, २० कार्तिक ।
स्याङ्जाको साविक कालिकाकोट हालको भीरकोट ९ काभ्रे देउरालीदेखि जूनेली डाँडासम्म जाने गोरेटो बाटो निर्माण गरिएको छ । साविक कालिकाकोट गाविसको एक लाख र स्थानीयको ६० हजार बराबरको जनश्रमदान गरी कूल एकलाख ६० हजारको लागतमा बाटो निर्माण गरिएको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष कमलराज रेग्मीले बताउनुभयो ।
 
काभ्रे देउरालीदेखि जूनेलीडाँडासम्मको करिब एकसय मिटर गोरेटो बाटो पक्की गरिएको छ भने काभ्रे खोलामा कल्भर्टसमेत निर्माण गरिएको छ । बाटो निर्माणसँगै काभ्रे, आङभाङ, जिमिरे, चराङसम्मका झण्डै डेढ सय घरधुृरी लाभान्वित हुनेछन् ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...