अहिले तरंगमा

Songs

केहि छिनमा

Songs

समाचार

जयजनता बहुउद्देश्यीय सहकारी संस्थाको ११औँ साधारण सभा सकियो

वालिङ, २० कार्तिक ।
पुतलीबजार नगरपालिका १ मा रहेको जयजनता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा नगर प्रमुख सीमा क्षेत्रीले सहकारीहरु सेवामुखी हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीले प्याक्ट कार्यक्रममार्फत टमाटर खेती गरेर सबैको मन जितेको बताउनुभयो ।
 
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष केशबराज लम्साल, निवर्तमान अध्यक्ष महेन्द्रमान ब्यथित, नवरत्न बचत तथा ऋण सहकारीका बेदप्रसाद दोरंगा, जिल्ला अस्पतालका अध्यक्ष दिर्घनारायण शर्मा, धुर्बोदय अंग्रेजी स्कुलका प्रिन्सिपल धु्रबबन्धु पौडेल, जयनारायण श्रेष्ठलगायतले मन्तब्य राख्नुभएको थियो ।
 
साधारणसभामा प्याक्ट कार्यक्रमकाबारेमा उपाध्यक्ष निलम जिटीले प्रकाश पार्नुका साथै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीका अध्यक्ष संघ ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नारायण तिवारीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...