अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

चण्डिकालिका पशु सुरक्षण उप समितिको दोस्रो अधिवेसनद्धारा नयाँ कार्यसमिति चयन

वालिङ, २० कार्तिक ।
 
चण्डिकालिका पशु सुरक्षण उप समितिको पुतलीबजार नगरपालिका १४ लामागेमा भएको दोस्रो अधिबेशनले सुरेन्द्र बिक्रम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्क्षमा कमला पौडेल, सचिबमा खेमबहादुर गोदार, कोषाध्यक्षमा नुरजंग शाह रहनुभएको छ ।
 
त्यस्तै सदस्यहरुमा ज्ञानु पौडेल, प्रकाशकुमार गिरी, ख्यामनारायण अधिकारी, बिष्णुमाया गोदार र पदम पुरी रहनुभएको छ । कार्यक्रममा कृषि बिकास बैंकका प्रबन्धक झबनाथ ढकालले बीमा कार्यक्रमलाई ब्यवसायिक तबरले सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा चण्डिकालिका साकोसका प्रबन्धक भुमिजंग केसी, मुक्तिप्रसाद पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
 
वडा नं १४ मा कृषि बिकास बैंकको वार्षिक कार्यक्रम अन्तर्गत चण्डिकालिका साकोसको सक्रियतामा ६५ परिवारको ६८ वटा भैंसीको ३४ लाख ५० हजार बराबरको बीमा गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा धनबिक्रम शाहको भैंसीको मत्यु भएकोमा बीमा स्वरुपको ३० हजार प्रदान गरिएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...