अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

तीन महिने सिलाई कटाई तालिमको सुरुवात

वालिङ, २० कार्तिक ।
भुपु सैनिक बिकास उपभोक्ता समितिले पुतलीबजार नगरपालिको आर्थिक सहयोगमा तीन महिने सिलाई कटाई तालिमको सुरुवात गरेको छ । कार्यक्रममा पुतलिबजार नगर प्रमुख सिमा क्षेत्रीले सीपमूलक कार्यक्रमममा महिलाहरुलाई सहभागिता बनाई आर्थिक उपार्जनतर्फ लाग्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा वडा नं १ अध्यक्ष निर्मल शेरचन, वडा सदस्य कुलानन्द लम्साल, बिष्णुप्रसाद श्रेष्ठ, अनिता रुचाल, आमा मिलन केन्द्र अध्यक्ष सुनिता पौडेल, सौन्दर्य कलाकर्मी संघ अध्यक्ष लिशु अधिकारी, धु्रबकुमार अधिकारी लगायतले मन्तब्य राख्नुभएको थियो । २० जनाको सहभागिता रहेको तालिममा इन्द्रेणी अधिकारीले सहजिकरण गर्नु हुनेछ । समितिका अध्यक्ष देबी घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामाजिक परिचालक भगवती क्षेत्रीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...