अहिले तरंगमा

केहि छिनमा

समाचार

भिरकोट ३ लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा

वालिङ, २५ कार्तिक ।
पुर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्वामित्व र सहभागिता पुर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नारासहित साविक बानेथोक देउराली गाविस एवं भिरकोट नगरपालिका वडा नं. ३ लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै भिरकोट नगरप्रमुख छायाराम खनालले भोलीका राष्ट्रका कर्णधार बालबालिकाको स्वास्थ्यमा मानवीय तवरबाट कनै पनि किसिममो समस्या आउन नदिन हामी प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । 
साथै उहाँले बालबालिकाहरुलाई गर्भअवस्थादेखि नै उसको आहारव्यहारमा ध्यान दिँदै जन्मेदेखि विभिन्न प्रकारका खोपहरुको पहुँचमा हुनुपर्ने उनीहरुको जन्मसिद्ध अधिकार भएको बताउनुभयो । कार्यक्रममा खोप सुपरभाईजर अमृतकुमार श्रेष्ठले वडामा रहेका १२ महिनादेखि २३ महिनासम्मका ६७ बालबालिकाहरुले पुर्ण खोप पाएकाले वडालाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको बताउनुभयो । 
कार्यक्रममा भिरकोट नगरपालिका कार्यकारी अधिकृत धर्मराज ढुङगाना, भिरकोट नगरपालिका स्वास्थ्य संयोजक नारायणबन्धु अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको तर्फबाट कमल खत्रि, विद्यालयका प्रअहरुको तर्फबाट चोलाकान्त काफ्ले, कागे्रस जिल्ला सदस्य मेघबहादुर खड्का, एमालेका वडा संयोजक थमनबहादुर खत्रि, राप्रपाका भुवनसिंह अधिकारी, रेडक्रस भिरकोट साखा संयोजक शुक्रराज काफ्लेलगायतले बोल्नुभएको थियो । 
वडा अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बानेथोक स्वास्थ्य प्रमुख जगदिश खनाल र सञ्चालन विजय काफ्लेले गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...