अहिले तरंगमा

Sathisang Manka Kura

केहि छिनमा

Nepal Khabar

समाचार

काँगे्रसद्धारा जिल्लामा चुनावी प्रचारप्रसार तिव्र

वालिङ, २५ कार्तिक ।
नेपाली कागे्रस स्याङजाले आफ्नो प्रचार प्रसार तिव्र पारेको छ । यसैबीच यता क्षेत्र नं. २ निर्वाचन प्रचारप्रसार समितिले समेत आफ्नो प्रसार दु्रत गतिमा अगाडि बढाईरहेको छ । यसैबीचमा यता भिरकोट ९ सिर्कोटमा हिजो कागे्रसको चुनावी सभा गरिएको छ । 
सभाको सम्बोधन गर्दैै उपप्रधानमन्त्री एवं शिक्षामन्त्री तथा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेद्धवार गोपालमान श्रेष्ठले जिल्लाका हरेक विकास निर्माणका सवालमा आफ्नो साथ र सहयोग हिजो आज र भोली पनि उस्तै रहने भन्दै सिर्कोटमा निर्माणाधिन अवस्थामा रहेको लिफ्टिङ खानेपानी १ वर्षभित्र गर्ने यहाँका शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्नो दृष्टि सदा सकारात्मक रहेको बताउनुभयो । 
साथै पार्टीले जिल्लामा प्रत्यक्ष र समानुपातिक पक्षमा ११ उम्मेद्धवारहरुलाई समावेसी तवरले टिकट दिईएको भन्दै यसमा महिला, जनजाति, दलित सबै जाती वर्गको प्रतिनिधित्व रहेको बताउनुभयो । 
कार्यक्रममा जिल्ला सचिव कुमार राना, प्रदेश सभा उम्मेद्धवार विष्णु पौडेल, समानुपातिक उम्मेद्धवारद्धोय सरस्वति तिवारी र लिलबहादुर रनपाल, भिरकोट नगरप्रमुख छायाराम खनाल, क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, उपप्रमुख सिमा कर्माचार्य, भिरकोट नगरसभापति तोयनाथ अर्याल, महाधिवेसन प्रतिनिधि गोविन्द कर्मचार्य, जिल्ला सदस्य श्यामप्रसाद अर्याल, कुम्भराज गुरुङ, चिन्तामणि चापागाँई, केशबहादुर कुँवरलगायतले बोल्नुभएको थियो ।
कागे्रस वडा सभापति एवं वडा अध्यक्ष भिमबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुनिलबाबु चापागाँई र स्वागत क्षेत्रिय प्रतिनिधि खगिसरा विकले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...